ताइवान भूकम्पमा परी ९ जनाको मृत्यु « Khabarhub

ताइवान भूकम्पमा परी ९ जनाको मृत्यु


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानमा आएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ ।

ताइवानमा आएको ७.४ रेक्टर स्केलको यो भूकम्प विगत २५ वर्षको सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । भूकम्पका कारण ८०० जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । 

उद्दारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेको र त्यस्ता व्यक्तिको संख्या एक सयको नजिक हुन सक्ने बताएका छन् ।

यस्ता भिडियोहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ, जसमा राजधानी ताइपेईमा भवनहरू हल्लिरहेको देख्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार ताइवानमा पहिलो भूकम्पपछि १०० भन्दा बढी परकम्प गएका छन् । ताइवानको केन्द्रीय मौसम ब्युरोका अनुसार, यो ताइवानमा २५ वर्षमा आएको सबैभन्दा ठूलो तीव्रताको भूकम्प हो। यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला २ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : ३९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका