कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन « Khabarhub

कांग्रेसले अझै उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले उपनिर्वाचनका लागि आज पनि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारबारे छलफल गर्न आज बैठक बसे पनि उम्मेदवार चयन गर्न नसकेको हो।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको जानकारी दिए।

भोलि बिहान पुन: पदाधिकारी बैठक र दिउँसो संसदीय दलको बैठक बसेर उम्मेदवार टुङ्गाउने उनले जानकारी दिए । 

७ जना सिफारिस भएका इलामबाट १ जनालाई टिकट दिने र बाकी ६ जनालाई नेतृत्वले केही न केही पद र जिम्मेवारी दिनुपर्ने उम्मेदवारका आकाङ्क्षीको माग छ ।

कांग्रेसका एक शीर्ष नेताले भने, ‘भेसराज र डम्बरमा दुईजनाले अडान छाड्नु भएको छैन । तर टिकट त डम्बर खड्कालाई नै मिल्ने माहोल छ ।’

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : २२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने