चीनमा वर्षाका कारण सात जनाको मृत्यु « Khabarhub

चीनमा वर्षाका कारण सात जनाको मृत्यु


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

चीन– आइतबारदेखि पूर्वी चीनको जियाङ्सी प्रान्तलाई असर गरिरहेको असिना र मुसलधारे पानी बर्षा हुँदा मृत्यु हुनेहरूको सङ्ख्या सात पुगेको स्थानीय अधिकारीहरूले बुधबार बताएका छन् ।

जियाङ्सी प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयको तथ्यांक अनुसार बुधबार सम्म प्रान्तीय राजधानी नानचाङसहित नौ शहरका ५४ काउन्टीहरू खराब मौसमबाट प्रभावित भएका थिए । वर्षाका कारण ९३ हजार मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

खराब मौसमका कारण पाँच हजार ७०० हेक्टर क्षेत्रमा लगाएको बाली र १२ हजार घरमा आंशिक क्षति भएको छ ।  वर्षाले अन्य ८० हजार घरहरूमा सामान्य क्षति पुर्‍याएको छ । प्रकोपले गर्दा निम्त्याएको आर्थिक नोक्सानको प्रारम्भिक अनुमान १५ करोड युआन पुगेको छ । 

प्रान्तीय मुख्यालयले मङ्गलबारदेखि तीन चरणमा बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया सुरु गरी असहज मौसमको कारण नदीको बाढीको जोखिमबाट सचेत रहन प्रेरित गरेको छ ।

प्रान्तीय मौसम विभागले गम्भीर मौसम जारी रहँदा नागरिकलाई घरबाहिर नजान र भारी वर्षाको अवस्थामा प्रभावित क्षेत्रहरूबाट अन्यत्र जाँदा खोला नदीहरूमा सावधानी अपनाउन वा यात्रा नगर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ३९ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी