प्रहरीद्वारा सतहत्तर लाखको अवैध सामान बरामद « Khabarhub

प्रहरीद्वारा सतहत्तर लाखको अवैध सामान बरामद


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

मनहरी– मकवानपुर प्रहरीले भन्सार छलेर ल्याइएका करिब  ७७ लाख बराबरको अवैध सामान आज बरामद गरेको छ । सामान ल्याउने काममा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–७ स्थित पूर्व पश्चिम लोकमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिजबिजक नभएका साडी, कुर्थासुरुवाल, टिसर्ट, पाइन्ट, जुत्तालगायतका लत्ताकपडासहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  लक्ष्मी भण्डारीले बताए । 

लोथरबाट हेटौँडातर्फ आउँदै गरेको बागमती बिएडी ४३७० नम्बरको गाडी चेकजाँच गर्दा भन्सार छलेर ल्याइएको बिलबिजक बिनाका लत्ताकपडा दुई हजार सात सय ४४ थान, विभिन्न कम्पनीका मोबाइल ८२ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

सामानसँगै प्रहरीले नियन्त्रणमा लिएका सवारी चालक उदयपुर त्रियुगा नगरपालिका–१३ बस्ने वर्ष २८ को राजकुमार चौधरी छन् । प्रहरीले चौधरीलाइ आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको प्रनाउ भण्डारीले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ५० बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले