नारायणगढ–बुटवलअन्तर्गत पूर्वी खण्ड कालोपत्र « Khabarhub

नारायणगढ–बुटवलअन्तर्गत पूर्वी खण्ड कालोपत्र


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ । 

नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किमी सडकमा हाल २९ किलोमिटर कालोपत्र गर्ने काम सकिएको निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनका ठेक्का सहव्यवस्थापक राकेश झाले बताए। पूर्वी खण्डको ६५ किमी सडकमध्ये १९ किमी एकतर्फ र अर्कोतर्फ १० किमी गरी २९ किमी कालोपत्र गरिएको उनले जानकारी दिए।

झाका अनुसार आगामी साउनमा दोस्रो पटक थपिएको म्याद सकिने नारायणगढ–बुटवल सडक विस्तार योजनाको हालसम्मको प्रगति ४८ दशमलव ६१ प्रतिशत पुगेको छ । विसं २०७५ माघमा सम्झौता भएर उक्त खण्डमा स्तरोन्नतिको काम थालिएको थियो ।

दाउन्नेमा भित्ता काट्ने काम जारी रहेको भन्दै पाँच किमीमध्ये तीन सय मिटरमा भित्ता काट्न बाँकी रहेको जानकारी दिए। एक साताभित्र भित्ता काट्ने काम सकिने उनको भनाइ छ ।

    

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : ५६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका