नारायणगढ–बुटवलअन्तर्गत पूर्वी खण्ड कालोपत्र « Khabarhub

नारायणगढ–बुटवलअन्तर्गत पूर्वी खण्ड कालोपत्र


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

त्रिवेणीनारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ । 

नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किमी सडकमा हाल २९ किलोमिटर कालोपत्र गर्ने काम सकिएको निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनका ठेक्का सहव्यवस्थापक राकेश झाले बताए। पूर्वी खण्डको ६५ किमी सडकमध्ये १९ किमी एकतर्फ र अर्कोतर्फ १० किमी गरी २९ किमी कालोपत्र गरिएको उनले जानकारी दिए।

झाका अनुसार आगामी साउनमा दोस्रो पटक थपिएको म्याद सकिने नारायणगढ–बुटवल सडक विस्तार योजनाको हालसम्मको प्रगति ४८ दशमलव ६१ प्रतिशत पुगेको छ । विसं २०७५ माघमा सम्झौता भएर उक्त खण्डमा स्तरोन्नतिको काम थालिएको थियो ।

दाउन्नेमा भित्ता काट्ने काम जारी रहेको भन्दै पाँच किमीमध्ये तीन सय मिटरमा भित्ता काट्न बाँकी रहेको जानकारी दिए। एक साताभित्र भित्ता काट्ने काम सकिने उनको भनाइ छ ।

    

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : ५६ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी