श्रममन्त्री अर्याल र स्वीस राजदूत मेउलीबीच भेटवार्ता « Khabarhub

श्रममन्त्री अर्याल र स्वीस राजदूत मेउलीबीच भेटवार्ता


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा श्रममन्त्री अर्यालले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न विकास साझेदारहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आगामी दिनमा नेपाल सरकारले न्यूनतम ज्यालामा आधारित रोजगारी सिर्जना मात्र नभई श्रम बजारको मागका आधारमा सीप विकासमा लगानी गर्ने बताए।

मन्त्री अर्यालले सीपयुक्त जनशक्तिको निर्माण गरी सक्रिय श्रम बजारको स्थापना, स्वरोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए ।

भेटमा नेपालका लागि स्वीस राजदूत डा डेनियलले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित रोजगार सेवाकेन्द्र सुदृढीकरणको बारेमा चर्चा गरे। स्वीस सरकार, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) तथा विश्व बैंकको सहकार्यमा सञ्चालित यो कार्यक्रम रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता विकासमा केन्द्रित छ ।

उक्त भेटमा विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जवीस र एफसिडिओका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो । विश्व बैंकका नेपाल निर्देशक जविसले विश्व बैंकको सहयोगमा सञ्चालित ‘युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना’ (यति) को अवधि थप गर्न विश्व बैंक इच्छुक रहेको बताए।

उनले आयोजनामार्फत नेपालको आन्तरिक रोजगारी प्रवर्द्धन, सीप विकासका कार्यक्रम सञ्चालन, राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको निर्माण र स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता विकास गरी एकीकृत श्रम रोजगार सेवालाई प्रभावकारी बनाउन विश्व बैंक प्रतिबद्ध रहेको बताए।

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : २९ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १