त्रिशूलीमा बेपत्ता युवकको शव फेला « Khabarhub

त्रिशूलीमा बेपत्ता युवकको शव फेला


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

गोरखा । शनिबार त्रिशूली नदीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षका युवकको शव फेला परेको छ ।

गोरखा नगरपालिका–७ स्थित पौवाखेतका विवश रोकाको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

घटनाको चार दिनपछि विवशको शव त्रिशूली नदी किनारमा फेला परेको हो । शनिबार काठमाडौँमा निधन भएका बुवा शङ्कर रोकाको पशुपतिमा अन्त्येष्टि गरी गोरखा फर्कने क्रममा बा२ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकैबाट त्रिशूली नदीमा खसेको थियो । सोही दुर्घटनामा विवश बेपत्ता भएका थिए ।

मृतक रोकाका हजुरआमा, दुई जना फूपुदिदी, भिनाजु र फूपुदिदीका छोराको भने सोही दिन घटनास्थलमै शव भेटिएको थियो । मृतकको शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको र शव परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइने डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : ३८ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति