राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

निरङ्कुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदित छ भन्दै राष्ट्रपतिले आज जारी गरेकाे शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताए । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो भन्दै उनले नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको बताए । 

प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने तथा त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी भएको बताउँदै राष्ट्रपतिले नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको उल्लेख गरेका छन्। 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ७ : ०२ बजे

इरानी जेलमा रहेका एक फ्रान्सेली नागरिक रिहा : म्याक्रोँ

एजेन्सी– सन् २०२२ को अक्टोबरदेखि इरानले हिरासतमा लिएका फ्रान्सेली नागरिक

असोजमा बाढी, पहिरो र डुबान : चैत लागेपछि सरकारले थाल्यो क्षतिको सोधिखोजी

काठमाडौं– सरकारले गत असोज महिनामा गएको बाढी, पहिरो डुबानबाट भएको

मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा

प्रधानमन्त्रीले भने- तल्लो बाटोबाट अमेरिका पुगेर निष्कासित हुनु राम्रो होइन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशिने नाममा गलत बाटो रोज्‍नु

एनसेल फाउन्डेसनद्वारा ४४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा हानिएका प्रत्येक चौकाबापत