हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति | Khabarhub Khabarhub

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्। जसमध्ये हाडजोर्नी तथा नसा सम्बन्धी समस्या आम समस्याका रुपमा देखिन थालेको छ। यसमा एलोपेथिक चिकित्सा पद्धतिले सकारात्मक भूमिका खेले पनि लामो समयसम्म बिरामीले औषधी सेवन गरिराख्नुपर्ने हुँदा पछिल्लो समय बिरामीको अकुपञ्चर प्राकृतिक उपचार विधिमा आकर्षण बढ्दो रूपमा रहेको छ। लामो समयदेखि प्रचलनमा आएको अकुपञ्चर चिकित्सा चिनियाँ चिकित्सा प्रणालीको एक अभिन्न अंग हो। विश्वका थुप्रै देशमा अकुपञ्चर लगायत अकुप्रेसर, मोक्सिबुसन, कपिङ लगायतलाई थेरापीको रुपमा प्रयोग गरिदै आएको छ। दुई हजार वर्ष भन्दा लामो इतिहास बोकेको चिनियाँ चिकित्सा प्रणालीमा मानव जीवनलाई सहज र पीडारहित तवरले जीवन जिउनका लागि सुरु भएको इतिहास भेटिन्छ। अहिले नेपालमा हाडजोर्नी तथा नशा र मांशपेशी सम्बन्धी रोगमा प्रभावकारी बनेको चिकित्सक बताउँछन्। अकुपञ्चर कस्तो उपचार विधि हो ? कस्तो समस्यामा यो विधिको प्रयोग गरिन्छ ? यसै विषयमा आधारित भएर नरदेवी आर्युर्वेदिक अस्पतालका सूचना अधिकारी तथा आयुर्वेदिक चिकित्सक डा. झुलाराम अधिकारीसँग गरिएको कुराकानी :

कुनै तिखो उपकरणले शरीरमा घोचेर उपचार गर्ने प्रविधि नै अकुपञ्चर उपचार पद्धति हो। रोग र बिरामीको अवस्था अनुसार यसको उपचार अवधि पनि फरक फरक हुन्छ।

अकुपञ्चर कस्तो उपचार पद्धति हो ?
अकुपञ्चर भनेको चीनबाट विकास भएको एउटा चिकित्सा पद्धति हो। यो अकु र पञ्चर मिलेर बनेको छ। ‘अकु’ भनेको कुनै पनि तिखो चिजलाई जनाउँछ भने ‘पञ्चर’ भनेको घोच्ने हो। कुनै तिखो उपकरणले शरीरमा घोचेर उपचार गर्ने प्रविधि नै अकुपञ्चर उपचार पद्धति हो।

यो विधि कस्तो समस्यामा बढी प्रयोग गरिन्छ ?
यो विधि विशेषगरी नशा सम्बन्धी रोग, मांशपेसी सम्बन्धी र हाडजोर्नी सम्बन्धी समस्या लिएर हाम्रो यहाँ बिरामी आउने गरेका छन्। त्यसबाहेक कम्मर र गर्दनको दुखाइ, माइग्रेन, एन्जाइटी, डिप्रेसन, ग्यास्ट्रिकको समस्यामा प्रभावकारी मानिन्छ। प्यारालाइसिस र खुट्टाको दुखाइ वा माइग्रेन, ओस्टियोआर्थराइटिस जस्ता रोगमा प्रयोग हुन्छ। यसका साथै मस्तिष्कघात, मुख बाङ्गिएको लगातका समस्यामा पनि यसको प्रयोग गरिन्छ।

अकुपञ्चर उपचार पद्धति कत्तिको प्रभावकारी भइरहेको छ ?
नेपालमा यसको इतिहास धेरै पुरानो छैन। वि.सं २०२८ सालमा यो विधि चाइनिजहरुले नेपालमा भित्र्याएको भन्ने छ। तर चीन, जापान लगायत विकसित देश हजारौं वर्षदेखि यसको प्रयोग भइरहेको मानिन्छ। नेपालमा पनि अहिले जुन उद्देश्यका साथ यसको सुरुवात गरिएको हो। त्यसको परिणाम राम्रो छ। धेरै ठाउँमा उपचार गर्दा पनि निको नभएपछि बिरामी नरदेवीमा आउने गर्दछन्। त्यसमा कतिपय बिरामीलाई अकुपञ्चरको आवश्यकता हुन्छ र उपचारपछि निको भएर फर्किने पनि गरेका छन्।

यो उपचार पद्धति कुन उमेर समूहमा गर्न सकिन्छ ?
यसमा उमेरको अनुपात छैन। गर्भवती, भर्खरै अप्रेशन गरेका बिरामी, मुटु सम्बन्धी समस्या भएका बिरामी बाहेक जन्मदै मस्तिष्कको राम्रो विकास नभएका, ढिलोसम्म नहिँड्ने, नबोल्ने बच्चा, युवा अवस्थामा हाडजोर्नी नसासम्बन्धी समस्या भएका र वृद्धवृद्धा सबैमा यसको प्रयोग गर्न सकिन्छ। नेपालमा यो उपचार सुरु भएको धेरै वर्ष भइसकेको छ। यसमा सुरुवाती अवस्थामा आयो भने धेरै राम्रो हुन्छ। जति ढिलो भयो त्यत्ति नै धेरै समय उपचार गर्नुपर्ने हुन्छ।

बाहिर बोर्डमा मसिनो मसिनो सुइले खोपेको देखिन्छ, यो शरीरको कुन–कुन भागमा राख्न मिल्ने हो ?
यो शरीरको जुनसुकै भागमा पनि राख्न सकिन्छ। तर त्यसको निश्चित नियम हुन्छ। अकुपञ्चरको सिद्धान्त अनुसार शरीरमा विभिन्न च्यानल हुन्छन्। शरीरभर एउटा जालो हुन्छ। ती च्यानलको बिचबिचमा अकुपञ्चर प्वाइण्ट हुन्छन्। ती प्वाइण्टमा राख्न मिल्छ। कुन अवस्थामा कुन प्वाइण्ट छान्ने हो त्यो बिरामीको अवस्था हेरेर हात, खुट्टा, मेरुदण्डमा धेरैजसो यसको प्रयोग गर्ने गरिएको छ।

उपचार पद्धति कति समयको हुन्छ ? लामो समयसम्म गर्नुपर्ने हो या छोटो अवधिमै रोग निको पार्न सकिन्छ ?
रोग र बिरामीको अवस्था अनुसार यसको उपचार अवधि पनि फरक फरक हुन्छ। सामान्यतया छोटोमा एक हप्तादेखि मस्तिष्कघात, प्यारालाइसिस, हाडजोर्नीको समस्या छ भने २-३ महिनासम्म पनि गर्नुपर्ने हुनसक्छ। कसैको सामान्य अवस्था छ भने एक हप्तामै पूर्ण रुपमा निको पार्न पनि सकिन्छ।

यो पद्धति कत्तिको खर्चिलो छ ?
अन्य उपचार पद्धतिभन्दा यो एकदमै सस्तो छ। यसमा धेरै मेसिनको प्रयोग नहुने भएकाले जस्तो ठाउँमा पनि उपचार गर्न सकिन्छ। तर निजी अस्पतालमा धेरै शुल्क पनि लाग्ने गरेको छ। तर नरदेवीको कुरा गर्ने हो भने जम्मा दुई सय रुपैयाँमा अकुपञ्चर गरिन्छ।

पछिल्लो समय युवादेखि वृद्धवृद्धालाई हाडजोर्नी तथा नसा सम्बन्धी कुनै न कुनै समस्याले सताइरहेको छ, तपाईं अकुपञ्चर विशेषज्ञका नाताले के सुझाव दिनुहुन्छ ?
समय परिवर्तनसँगै मानिस अहिले व्यस्त जीवशैलीमा बाँचिरहेका छन्। मान्छेले आफूलाई समय दिन पाइरहेको अवस्था छैन। जसका कारण पनि हाडजोर्नी तथा नसा र मांशपेशी सम्बन्धी समस्या बढ्दो क्रममा छ। त्यसैले जुनसुकै काम गर्दा पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै दिनमा कम्तिमा दुई घण्टा समय आफ्नो लागि पनि छुट्याउनु आवश्यक छ। दिनभर खटेर काम गर्दै कमाएको सम्पत्ति भोलि गएर उपचारमा खर्च गर्नुभन्दा समयमै सचेत भएर आफ्नो जीवनशैली र खानपानमा ध्यान दियो भने हाडजोर्नी तथा नसा सम्बन्धी रोगबाट बच्न सकिन्छ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ७ : ५४ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह