जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने « Khabarhub

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौं आइपुग्ने जानकारी दिएको छ ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ । उनले सोही दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । विदेशमन्त्री खामिखावा सोही दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : २८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते