डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ « Khabarhub

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका-९ बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन् ।

टोखा नगरपालिका-९ स्थित सुर्खेत खाजाघरमा नाबालिकाहरुलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले खाजा घर संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्धार गरिएको छ ।

नाबालिकालाई नेपालका विभिन्न स्थानबाट वेटर लगायतको काममा लगाउने भनी खाजाघरमा ल्याई विभिन्न किसिमको डरत्राश र प्रलोभन देखाई ग्राहकहरूसँग खाजाघरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटल/गेष्टहाउसहरूमा समेत पठाई वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : ३८ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६