बाटो ढुकेर हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली « Khabarhub

बाटो ढुकेर हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


28k
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली हानिएको छ ।

स्थानीय हिमालय माध्यमिक विद्यालय केन्द्रमा कक्षा १२ को परिक्षा दिएर घर फर्किने क्रममा दमक नगरपालिका ५ मा उदयपुरकी १८ वर्षीया एनिका अधिकारीलाई गोली हानिएको हो ।

इलका प्रहरी कार्यालय दमकका अनुसार अधिकारीलाई एक युवकले गोली हानेको खुलेको छ । तर उनी एनिकालाई गोली हान्नेबित्तिकै फरार भएका छन्।

गोली एनिकाको पेटको तल्लो भागमा लागेकाले उनको अवस्था गम्भीर छ । अहिले एनिकाको दमकस्थित लाइफललाइन अस्पतालमा उपचार भइरहेको छ ।

एनिका दमकमा डेरा गरेर प्ल टु पढ्दै आएकी थिइन् । उनी अहिले जारी परीक्षामा संलग्न भएर डेरा फर्किँदै गर्दा ती युवकले गोली हानेर भागेका हुन् । उनले बाटो ढुकेर एनिकामाथि गोली हानेको प्रहरीले उल्लेख गरेको छ ।

गोली चलाएर फरार युवकको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ३ : ४७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल