बाटो ढुकेर हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली « Khabarhub

बाटो ढुकेर हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


28k
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली हानिएको छ ।

स्थानीय हिमालय माध्यमिक विद्यालय केन्द्रमा कक्षा १२ को परिक्षा दिएर घर फर्किने क्रममा दमक नगरपालिका ५ मा उदयपुरकी १८ वर्षीया एनिका अधिकारीलाई गोली हानिएको हो ।

इलका प्रहरी कार्यालय दमकका अनुसार अधिकारीलाई एक युवकले गोली हानेको खुलेको छ । तर उनी एनिकालाई गोली हान्नेबित्तिकै फरार भएका छन्।

गोली एनिकाको पेटको तल्लो भागमा लागेकाले उनको अवस्था गम्भीर छ । अहिले एनिकाको दमकस्थित लाइफललाइन अस्पतालमा उपचार भइरहेको छ ।

एनिका दमकमा डेरा गरेर प्ल टु पढ्दै आएकी थिइन् । उनी अहिले जारी परीक्षामा संलग्न भएर डेरा फर्किँदै गर्दा ती युवकले गोली हानेर भागेका हुन् । उनले बाटो ढुकेर एनिकामाथि गोली हानेको प्रहरीले उल्लेख गरेको छ ।

गोली चलाएर फरार युवकको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ३ : ४७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६