अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा « Khabarhub

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले एक सय रुपैयाँ दरको नोटको पुरानो नक्सा हटाएर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको जानकारी दिएकी छन् ।

‘अर्थमन्त्रालयको प्रस्तावमा सय रुपैयाँ दरको नोटको अग्रभागमा नेपालको चुच्चे नक्सा राखिने निर्णय भएको छ’, शर्माले भनिन्, ‘अब उक्त सय रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गरिने छ।’

लामो समयदेखि भारतले आफ्नो नियन्त्रणमा राखेको दार्चुलास्थित नेपाली भूगोल लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर हाल चुच्चे नक्सा प्रचलनमा ल्याइएको छ।

२०७७ जेठ ३१ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपालको नयाँ चुच्चे नक्सलाई अनुमोदन गरेको थियो । भारतको विरोधका वाबजुद त्यसपछि नेपालले उक्त नक्सा प्रचलनमा ल्याइसकेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ५ : १७ बजे

एसिया कप राइजिङ स्टार्स यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा

बालेन दिल्ली उडेको जहाजमा विश्वभरका प्रयोगकर्ताको चासो, ‘फ्लाइट राडार’ मा बन्यो नम्बर एक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि

दिल्ली उडे प्रधानमन्त्री बालेन (फोटो फिचर)

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि

आमाको माया र छोराको संघर्षको कथा बोकेको ‘सारथि’को ट्रेलर सार्वजनिक

काठमाडौं– आमाले छोराका लागि कति संघर्ष गर्न सक्छिन् ? जीवनका

भारत भ्रमणअघि बालेनलाई रविले के सुझाव दिए ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले