बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?   | Khabarhub Khabarhub

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि ३ वटा लघुवित्तको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो । कारोबार भएका मध्ये १६१ कम्पनीको शेयर मूल्य घट्दा साधना घरेलु, इन्फिनिटी र समता लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो ।

नेप्सेकाअनुसार सकारात्मक सर्किट लागेका २ वटा लघुवित्तले त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । अहिले बजारमा रहेको ३ वटै लघुवित्तको शेयर मूल्य भन्दा कम तिनीहरूको प्रतिशेयर नेटवर्थ रहेको छ ।

नेप्सेकाअनुसार तिनै कम्पनीको शेयर मूल्य ८०० माथि पुगेको छ तर, ती कम्पनीको प्रतिशेयर नेटवर्थ भने २ सय भन्दा कम छ । ती कम्पनीहरुको दोस्रो बजारमा शेयर मूल्यको सो अवस्था आउनुमा बजारका निश्चित खेलाडीहरूले पम्प एन्ड डम्प गरेर हुन सक्ने सम्भावना पनि रहेको हुनसक्ने अनुमान गरिएको छ । खेलाडीहरूले शेयरको अत्यावश्यक मूल्य नियोजित रूपमा बढाउने र मूल्य बढेपछि आफू बाहिरिने गर्ने सम्भावना पनि त्यतिकै हुन्छ ।

साधनाको ९ महिनाको खुद नाफा ३ करोड १७ लाख 

साधना लघुवित्त नेप्सेको दोस्रो बजारमा बिहीबार प्रतिशेयर ७३ रुपैयाँले बढेर ८०३ रुपैयाँ कायम रह्यो । बिहीबार साधनाको २९ हजार ७०८ रुपैयाँको २७७ कित्ता शेयर कारोबार भयो । उक्त कम्पनीको शेयर मूल्य न्यूनतम ७४२ र उच्चतम ८०३ रुपैयाँ कायम भयो ।
३८ लाख २२ हजार ५८६ कित्ता शेयर भएको साधनाको सर्वसाधारणमा ३२.५० प्रतिशत र प्रवर्द्धकमा ६७.५० प्रतिशत शेयर छ । साधनाको ३ अर्ब ६ करोड ९५ लाख ३४ हजार रुपैयाँ बराबरको मार्केट क्यापिटल छ ।

नेप्सेकाअनुसार साधनाको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १४८.०८ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर मूल्य आम्दानी अनुपात २४ प्रतिशत र प्रतिशेयर आम्दानी २१.३५ रहेको छ । कम्पनीको तरलता अनुपात ६.१० प्रतिशत छ ।

कम्पनीले ३ महिनाको अवधिमा ३ करोड १७ लाख खुद नाफा गरेको छ । लघुवित्तको खराब कर्जा ४.१० प्रतिशत छ । जुन गत वर्षभन्दा ३.७७ प्रतिशतले बढी हो ।

इन्फिनिटीको मार्केट क्यापिटल ५ अर्ब ९० करोड

इन्फिनिटी लघुवित्तको शेयरमा बिहीबार १०७ रुपैयाँ ९० पैसाले बढेर १ हजार १८६ रुपैयाँ ९० पैसा कायम हुँदै सकारात्मक सर्किट लाग्यो । बिहीबार कारोबार हुँदा ३१ हजार ९३३ रुपैयाँको २८८ कित्ता शेयर कारोबार भयो ।

सो दिन कम्पनीको शेयर मूल्य न्यूनतम एक हजार ३७ रुपैयाँमा पुगेको थियो । ४९ लाख ७४ हजार १६० कित्ता शेयर रहेको यन्फिनिटीको सर्वसाधारणमा ३२.५० प्रतिशत शेयर छ भने ६७.५० प्रतिशत प्रवर्द्धकमा छ । इन्फिनिटीको मार्केट क्यापिटल ५ अर्ब ९० करोड २८ लाख ३० हजार रुपैयाँ छ ।

नेप्सेकाअनुसार इन्फिनिटीले चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । इन्फिनिटीको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९९ पैसा छ । त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ६.०२ रुपैयाँ छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात १०२.९२ छ र तरलता अनुपात ६.९५ प्रतिशत छ । कम्पनीको ६ महिनाको अवधिमा ३८ लाख ७१ हजार रुपैयाँ घाटा व्यहोर्यो । त्यस्तै, ६ महिनाको अवधिमा खराब कर्जा ४.९५ प्रतिशत छ ।

समता घरेलुको खराब कर्जा ६.०२ प्रतिशत  

समता घरेलु लघुवित्तको शेयरले पनि बिहीबार नेप्सेको दोस्रो बजारमा मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट हान्यो । कम्पनीको प्रतिशेयर ७३ रुपैयाँले बढेर ८०३ रुपैयाँ कायम रह्यो । जम्मा ४१ हजार ७४७ रुपैयाँ बराबरको २८२ कित्ता शेयर किनबेच भएको थियो । बिहीबार समता घरेलु लघुवित्तको शेयर न्यूनतम ७१५ रुपैयाँ ९० पैसा र उच्चतम बजारको अन्तिम मूल्य कायम रह्यो ।

समताको ४१ लाख ५५ हजार २७८ कित्ता शेयर रहेकोमा ३० प्रतिशत सर्वसाधारण र ७० प्रतिशत प्रवर्द्धकको छ । त्यस्तै, कम्पनीको मार्केट क्यापिटल ३ अर्ब ३३ करोड ६६ लाख ८८ हजार रुपैयाँ छ ।

नेप्सेकाअनुसार समताको पनि तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छैन भने दोस्रो त्रैमासको विवरणअुनसार प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४४ पैसा छ ।

चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार समताको ५ लाख ८२ हजार रुपैयाँ खुद नाफा र ६ महिनामा खराब कर्जा ६.०२ प्रतिशत छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ७ : ०३ बजे

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने