केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु | Khabarhub Khabarhub

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको गृह मन्त्रालयले शुक्रबार बताएको छ ।

मुसलधारे वर्षाले पूर्वी अफ्रिकाका अधिकांश क्षेत्रमा आएको बाढी र पहिरोले बाली नष्ट गरेको छ । घरहरू डुबानमा परेका छन् र लाखौँ मानिस विस्थापित भएका छन् ।

“केन्यामा मौसमको गम्भीर अवस्थाका कारण करिब दुई सय १० जनाको मृत्यु भएको छ, पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको छ”, गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा एक लाख ६५ हजारभन्दा धेरै मानिस बेघर भएको र ९० जना बेपत्ता भएको उल्लेख छ । यसबाट मर्नेहरूको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

केन्या र तान्जानिया चक्रवात हिदायाका लागि तयारी अवस्थामा छन् । ती मुलुकका समुद्री तटमा भारी वर्षा, हावा र लहरहरू आइरहेका छन् । तान्जानियामा चक्रवातबाट कम्तीमा एक सय ५५ जनाको मृत्यु भएको छ ।

हिदाया दक्षिणपूर्वी सहर माउन्टवाराभन्दा करिब चार सय किलोमिटर टाढा हुँदा तान्जानियाका अधिकारीहरूले स्थानीय समयानुसार बिहान तीन बजे ‘पूर्ण चक्रवातको अवस्थामा पुग्न बलियो भएको’ शुक्रबार चेतावनी दिएका छन् । मौसम बुलेटिनमा अधिकारीहरूले भनेका छन्, “चक्रवात हिदाया लगातार बलियो भइरहेको छ, हावाको गति करिब एक सय ३० किलोमिटर प्रतिघन्टामा बढेको छ ।”

केन्याको गृह मन्त्रालयले चक्रवात आइतबारदेखि समुद्री तटमा पुग्ने अनुमान गर्दै भनेको छ, “भारी वर्षाका साथ तीव्र हावा र ठूलो समुद्री लहरहरू आउन सक्छ ।”

संयुक्त राष्ट्रसङ्घले सामान्यभन्दा धेरै वर्षाले बुरुन्डीमा कम्तीमा २९ जनाको ज्यान गएको तथा एक सय ७५ जना घाइते भएको जनाएको छ । गत सेप्टेम्बरदेखि हजारौँ मानिस विस्थापित भएका छन् ।

अल निनो मौसमी ढाँचाका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ । अल निनो प्राकृतिरूपमा हुने जलवायु घटना हो र यो सामान्यतया विश्वभरमा बढ्दो गर्मीसँग सम्बन्धित छ । यसले विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भारी वर्षा निम्त्याउँछ ।

गत वर्षको अन्त्यमा केन्या, सोमालिया र इथियोपियामा वर्षा र बाढीबाट तीन सयभन्दा धेरैको ज्यान गएको थियो । यद्यपि यी क्षेत्रले चार दशकमा आफ्नो सबैभन्दा खराब खडेरीबाट जोगिने प्रयास गरिरहेका थिए ।

हिन्द महासागरको दक्षिणपश्चिम भागमा चक्रवातको मौसम सामान्यतया नोभेम्बरदेखि अप्रिलसम्म रहन्छ र प्रत्येक वर्ष एक दर्जन तूफान आउँछन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : २८ बजे

बालगोपालेश्वर मन्दिरमा आज दिदीबहिनी नहुनेहरूले लगाए भाइटीका

काठमाडौं- तिहारको प्रमुख भाइटीकाका दिन आज काठमाडौंको ऐतिहासिक रानीपोखरीमा रहेको

दाजुभाइले लगाए भाइटीका

दमौली (तनहुँ)- तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस

उत्तर कोरियाले हाइपरसोनिक मिसाइलसहित ‘अत्याधुनिक’ हतियार प्रणाली परीक्षण गरेको दाबी

सियोल- उत्तर कोरियाले आफ्नो सुरक्षात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले

नर्सको तिहार अनुभव : बिरामीले‍ आईसीयूमै टीका लगाउँछन्, आफ्ना दाजुभाई एकदमै मिस हुन्छ

काठमाडौं- सिभिल अस्पतालमा कार्यरत स्टाफ नर्स पूजा गुरुङ्ग नर्सिङ पेशामा

जुवातास खेल्ने १२ जना नियन्त्रणमा

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा