दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह « Khabarhub

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा दुनाटपरी प्रयोग गर्न आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको कृष्णपुर नगरपालिका–९ राजघाटको प्रतिनिधिसँगको भेटघाटमा उनले पर्यटकीय राजधानी पोखरामा वातावरणमैत्री सामग्रीको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याए ।

टोलीमा सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेशसभा सदस्यसमेत रहनुभएका सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी, वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरज भण्डारी, दुनाटपरी उत्पादन समूहकी संयोजक फूलकुमारी चौधरी र सदस्यहरूको सहभागिता रहेको थियो ।

“अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जङ्गलमा रूखका पातपतिङ्गरकै कारण डढेलो फैलन पुगेको हो । यदि पातलाई सही उपयोग गर्ने, दुनाटपरी बनाउने हो भने यो समस्या केही कम हुने थियो,” उनले भने।

स्वआर्जनमा वृद्धि, मुलुकको आर्थिक विकासमा टेवा, महिला दिदीबहिनीले घरमै बसेर अर्थोपार्जन गर्न सकिने भएकाले पनि यसको बजारीकरण हुन आवश्यक रहेको उनको जोड थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १० : ५६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल