किसान सूचीकरण यही वर्ष सक्ने कृषिमन्त्रीको प्रतिबद्धता | Khabarhub Khabarhub

किसान सूचीकरण यही वर्ष सक्ने कृषिमन्त्रीको प्रतिबद्धता


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षमै किसान सूचीकरण सक्नेगरी काम गरिने बताएका छन्‌ ।

मन्त्रालयअन्तर्गतको विषयगत समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले किसान सूचीकरण सकी परिचयपत्र पनि वितरण गरिने प्रतिबद्धता जनाएका हुन्‌ ।

किसान सूचीकरणलाई सहयोग गर्न मन्त्री अधिकारीले सातै प्रदेशका कृषिमन्त्री र सात सय ५३ वटै स्थानीय तहलाई आग्रह गरे ।

‘कृषिमा दिइने अनुदानलाई प्रदेश र स्थानीय तहसँग समन्वयगरी व्यवस्थित गरिन्छ, कृषि लगानी दशकमा के के गर्ने भन्ने मन्त्रालयले चाँडै सार्वजनिक गर्छ, कृषिमा तीनै तहसँगै जानुपर्छ’, उनले भने ।

बीउबिजन ऐन, २०४५ हालै संशोधन भएकाले त्यसअनुरुपको नियमावली आउन लागेको जानकारी पनि मन्त्री अधिकारीले गराए । रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गर्न लागिएको पनि उनले सुनाउनुभयो ।

बाली लगाएका स्थानमा बाँदरले दुःख दिनेक्रम देशभर फैलिएकाले यो समस्या समाधानमा पनि मन्त्रालयले काम गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ८ : २४ बजे

आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले  आमरण अनशनमा रहेका दीपक सिलवालको

पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर

काठमाडौं– पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर गरिएको छ

भन्सार छली ल्याएको मोटरसाइकलसहित एकजना नियन्त्रणमा

काठमाडौं– काठमाडौँको तारकेश्वर नगरपालिका १० मनमैजुबाट भन्सार छली ल्याएको मोटरसाइकल

रास्वपाको पहिलो महाधिवेशन बैशाखमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी बैशाखको

रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)