काठमाडौंको नागिन खोलाले बालक बगायो, खोजी कार्य जारी « Khabarhub

काठमाडौंको नागिन खोलाले बालक बगायो, खोजी कार्य जारी


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छाता टिप्न जाँदा मङ्गलबार साँझ काठमाडौंमा एक बालक खोलामा बगेर बेपत्ता भएका छन्‌ ।

विष्णुमतीको शाखा नागिन खोलाले बगाउँदा रसुवा उत्तरगया गाउँपालिका घर भई पुरानो गुहेश्वरीमा बसोबास रहेका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका हुन्‌ ।

दिउँसोदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश खोलाको सतह यतिखेर निकै बढेको छ । नागिन खोलाको सतह पनि सडक नजिक आइपुगेको थियो ।

छाता खसेपछि टिप्न खोज्दा विमललाई बगाएको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ८ : ४४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार