बालबालिकामा हुने मानसिक रोग कसरी थाहा हुन्छ ? | Khabarhub Khabarhub

बालबालिकामा हुने मानसिक रोग कसरी थाहा हुन्छ ?

अनावश्यक चकचक मानसिक रोगको संकेत


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा हाम्रो परिवार वा समाजमा अझै पनि जानकारी छैन। बालबालिकालाई मानसिक स्वास्थ्य समस्या हुन्छ भन्नेबारेमा धेरै अनभिज्ञ नै छन्। बालबालिकामा हुने मानसिक समस्या बालबालिकाको व्यवहार र भावनाबाटै बुझ्न सकिने विज्ञ बताउँछन्। कुनै बालबालिका कम बोल्ने, अरुसँग धेरै घुलमिल नगर्ने, धेरै बोल्ने, एक्लै बस्ने, दुःखी हुने, रोइरहने गरिरहेको अवस्थामा मानसिक समस्या भएको हुनसक्ने चिकित्सकको भनाइ छ। सीडीसीको तथ्यांकअनुसार २ देखि ८ वर्ष उमेरका बालबालिकामा छोरीभन्दा छोरामा बढी मानसिक समस्या देखिने गरेको छ। जसमा धनी परिवारभन्दा गरिब परिवारका बालबालिकामा तुलनात्मक रूपमा बढी मानसिक समस्या देखिने गरेको उल्लेख गरिएको छ। त्यसकारण बालबालिकाको स्वभावमा उतारचढाव आयो भने अभिभावकले उनीहरूसँग कुराकानी गर्नुपर्ने मनोचिकित्सक बताउँछन्। बालबालिकामा देखिने मानसिक रोगको अवस्था कस्तो छ ? बालबालिकामा कस्ताकस्ता समस्या देखिने गरेका छन् ? बालबालिकामा बढ्दो आत्महत्याको रोकथाम कसरी गर्न सकिन्छ ? यिनै विषयमा मानसिक अस्पताल पाटनमा कार्यरत वरिष्ठ मनोचिकित्सक डा. वासुदेव कार्कीसँग गरिएको कुराकानीः

बालबालिकामा देखिने मानसिक रोगको अवस्था कस्तो छ ?
बालबालिकामा देखिने मानसिक रोगको बारेमा अझै पनि परिवारका सदस्य विद्यालयका शिक्षक खासै जानकार नभइरहेको अवस्थामा धेरै बालबालिका उपचारको पहुँचमा पुग्न सकेका छैनन्। हाम्रो राष्ट्रिय मानसिक समस्याको सर्वेक्षणको तथ्याङ्क २०७७ लाई हेर्ने हो भने १३ देखि १७ वर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोर किशोरीमा कुनै न कुनै मानसिक समस्या रहेको उल्लेख गरिएको छ।

बालबालिकामा कस्ता कस्ता समस्या देखिने गरेका छन् ?
मुख्यतया बालबालिकामा तीन प्रकारका मानसिक समस्या बढी नै देखिने गरेका छन्। जसमा पहिलो भनेको बालबालिकाको बौद्धिक विकासमा अवरोध आउनु हो। अर्को भनेको बालबालिकाको व्यवहारसँग सम्बन्धित समस्या हुन्। जस्तै बालबालिकाले आफ्नो परिवारका अग्रज सदस्यको भनेको नटेर्ने, धेरै चकचक गर्ने, पारिवारिक, सांस्कृतिक मूल्य मान्यता नमान्ने, कम बोल्ने, समाजसँग घुलमिल नहुने, जस्ता समस्या देखिन्छन्।
अर्को भावनात्मक समस्या हो। जसमा डर, डिप्रेशन, साइकोसेस जस्ता समस्या देखिन सक्छन्।

धेरै चकचक गर्नु पनि मानसिक समस्या हो ?
बालबालिकाको सम्पूर्ण व्यवहारलाई उनीहरुको उमेरसँग दाँजेर हेर्ने गरिन्छ। एउटा उमेरसम्म उनीहरुको चकचक गर्ने, डराउने व्यवहारलाई सामान्य मान्न सकिन्छ। तर त्यो भन्दा पनि धेरै उमेरसम्म उसको व्यवहारमा परिवर्तन भएन भने केही न केही समस्या छ भनेर शंका गर्न सकिन्छ। जस्तै ५ देखि ७ वर्षको उमेरका बालबालिकाले अभिभावकको भनेको मान्नुपर्ने अलिकति अनुशासित हुनुपर्ने उमेर हो। त्यो उमेर कटिसकेपछि पनि आफूभन्दा ठुलाले भनेको मान्दैनन्, अनावश्यक चकचक गर्छन् भने त्यो अटेरीपनाको समस्या हो। त्यसैले बढ्दो उमेरसँगै उनीहरुको व्यवहारबारे पनि अभिभावकले बुझ्नु आवश्यक छ।

बालबालिकामा पछिल्लो समय मानसिक समस्या बढ्दो छ भनिन्छ, यसको कारण के हो ?
यसका धेरै कारण छन्। वातावरणीय, मनोवैज्ञानिक व्यक्तित्वले पनि भूमिका खेलेको हुन्छ। त्यस्तै पारिवारिक सामाजिक तथा विद्यालयको वातावरणले पनि प्रभाव पारिरहेको हुन्छ। अहिलेको अवस्थामा भन्ने हो भने परिवारदेखि विद्यालयसम्मको वातावरण बालमैत्री छैन। जसका कारण मानसिक समस्या बढ्दो छ। त्यस्तै नयाँनयाँ प्रविधिको बढ्दो प्रयोगले पनि भूमिका खेलेको पाइन्छ।

मानसिक समस्याकै कारण बालबालिकामा आत्महत्याको समस्या बढिरहेको छ भनिन्छ, यसको रोकथाम कसरी गर्न सकिन्छ ?
मानसिक समस्या र आत्महत्याका बिचमा नजिकको सम्बन्ध छ। तर हामीले चाहेमा यसलाई रोकथाम गर्न सकिन्छ। यसका लागि हामीले चार प्रकारका रणनीतिहरु अपनाउनुपर्छ भनिन्छ।

स्वास्थ्यकर वातावरणमा हुर्कनु : बालबालिकाले सामाजिक र भावनात्मक हिसाबले स्वस्थ्यकर वातावरणमा हुर्कन पाउनुपर्छ। जुन अहिलेको बालबालिकाले पाइरहेको अवस्था छैन। परिवार, समाज र विद्यालयमा उनीहरु अनुकुल वातावरण नहुँदा यस्तो अस्वस्थ्यकर निर्णय लिने हुन्छ। त्यसैले सामाजिक र भावनात्मक कुरामा एकदमै ध्यान दिनुपर्ने हुन्छ।

साधनको पहुँचमा नियन्त्रण : आत्महत्याका लागि प्रयोग हुने विषादी तथा साधन सजिलै बालबालिकाको पहुँचमा राख्नु हुँदैन।

प्रविधको पहुँचमा नियन्त्रण : विभिन्न सञ्चार माध्यममार्फत उनीहरुले यसबारेमा जानकारी पाइरहेका हुन्छन्। जस्तै पिल्ममा आत्महत्या गरेका दृष्य हेरेर सिक्छन्। त्यसैले त्यस्ता दृष्यबाट जोगाउनका लागि समाजिक सञ्जालको पहुँचमा नियन्त्रण गर्नुपर्छ र सकेसम्म त्यस्ता दृष्य फिल्ममा समावेश गर्न रोक लगाउनुपर्छ।

मानसिक स्वास्थ्य सेवामा पहुँच : हरेक मानिसको मानसिक स्वास्थ्य सेवामा पहुँच हुनुपर्छ। बालबालिका भनेका एकदमै संवेदनशील हुन्छन्। ५० प्रतिशत मानसिक समस्या १४ वर्ष अगाडि नै सुरुवात हुन्छन् भन्ने विभिन्न अध्ययनमा देखाइएको छ। त्यसैले मानसिक स्वस्थ्यमा जोडिएका हरेक कार्यक्रममा बालबालिका पनि जोडिनुपर्छ र उपचारमा उनीहरुको पहुँच हुनुपर्छ। यति भयो भने आत्महत्याको समस्याबाट बालबालिकालाई जोगाउन सकिन्छ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ७ : १५ बजे

अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा

काठमाडौं – भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको

भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको अर्धशतक

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको भारतविरुद्धको खेलमा

भारतलाई दोस्रो सफलता, आउट भए मिचेल मार्श

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा भारतले

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको

मनसुन देशभर फैलियो, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । यस वर्षको मनसुन प्रणाली आजबाट देशभर फैलिएको जल