मेक्सिकोमा पहिलो महिला राष्ट्रपति | Khabarhub Khabarhub

मेक्सिकोमा पहिलो महिला राष्ट्रपति


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मेक्सिकोले पहिलो पटक महिला राष्ट्रपति पाउने पक्का भएको छ। आइतबार सम्पन्न निर्वाचनको मत परिणाम आइसकेको छैन। तर मत सर्वेक्षणले दुई महिलाको बिचमा प्रतिस्पर्धा हुने प्रस्ट देखाइसकेको छ।

सर्वेक्षणले अग्रस्थानमा रहेका क्लाउडिया सेयन बाउम र उनकी प्रतिद्वन्द्वी जोचीटल गाल्भेजले एक मात्र पुरुष उम्मेदवार जर्ज अलभारेज मायनेजलाई धेरै पछि छाड्ने छन्।

यो मतदानबाट मेक्सिकोमा ८ राज्यका गर्भनर, मेक्सिको काँग्रेसका सदस्य तथा मेक्सिको सरकारको प्रमुखको चयन गर्नेछ।

निर्वाचनको क्रममा धेरै हिंसा भड्किए। स्थानीय स्तरमा भएको यस्ता झडपमा २० जना मारिएको जनाइएको छ। निजी सर्भेले यसरी मारिनेको सङ्ख्या ३७ भएको जनाएको छ। आइतबार बिहानसम्म पनि पुबेलाको मतदान केन्द्रमा २ जना मारिए।

सन् २०१८ देखि २०२३ सम्म मेक्सिको सिटीको मेयर भएकी ६१ वर्षीया सेयन बाउमलाई अहिले बिदा भइरहेका राष्ट्रपति आन्द्रे मानुएल लोपेज ओब्रडरको समर्थन छ।

सन् २०१८ देखि २०२३ सम्म मेक्सिको सिटीको मेयर भएकी ६१ वर्षीया सेयन बाउमलाई अहिले बिदा भइरहेका राष्ट्रपति आन्द्रे मानुएल लोपेज ओब्रडरको समर्थन छ। मेक्सिकोमा ६ वर्षको एक कार्यकाल भन्दा बढी सो जिम्मेवारीमा रहन नपाउने संवैधानिक व्यवस्था अनुसार मानुएल पदमा लगातार रहन असमर्थ रहेका हुन्।

पछिल्लो मत सर्वेक्षण अनुसार उनको पक्षमा ६० प्रतिशत नागरिक थिए। त्यसका बाबजुद उनले मोरेना पार्टीका उम्मेदवारलाई साथ दिएर आफू पछि रहेका छन्।

लोपेजले राष्ट्रपतिको पदभार सम्हाल्दा गरेका बाचा पुरा भएका छैनन्। उनले गरिबी निवारणका लागि ल्याएको कार्यक्रम भर्खर सुरु भए छन्। उनले प्रौढका लागि ल्याइएको सामाजिक सुरक्षाका कारण त्यहाँ लोकप्रिय समेत छन्।

सेयनबाउमलाई लोपेजको समर्थनका कारण धेरै सहयोग त पुगेको छ। तथापि आफ्नो दलको नेतृत्व रहेको कारण अनावश्यक रूपमा शक्तिको अभ्यास गरेको आरोप पनि लाग्ने गरेको थियो। आफूलाई स्वतन्त्र विचार भएको व्यक्तिको रूपमा परिभाषित गर्ने उनले लोपेजकै झैँ केही बाचा गरेका कारण विरोधाभास पूर्ण रहेका भन्दै आरोप लगाउनेको पनि कमी छैन।

न्यूनतम ज्याला दर मोरेना पार्टीकै कार्यकालमा दुई गुणाले बढेको थियो। यसका कारण मेक्सिकोमा धेरै जना गरिबीबाट उम्केका थिए।

न्यूनतम ज्याला दर मोरेना पार्टीकै कार्यकालमा दुई गुणाले बढेको थियो। यसका कारण मेक्सिकोमा धेरै जना गरिबीबाट उम्केका थिए। अर्थशास्त्री भने मेक्सिकोमा हटेको गरिबीको मूल कारण सरकारको नीति मात्र नभएर विदेशबाट आउने रेमिटेन्स समेत भएको बताउँछन्।

मोरेना पाटीको शासनलाई समाप्त पार्न तयार भएको बृहद गठबन्धनले ६१ वर्षीया गाल्भेजलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो। उनले निर्वाचनको अनुभव गरिरहेको समयमा मेक्सिकोमा हिंसा भड्किरहेको छ। उनले आफ्नो अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै निर्वाचित भएका देशमा हिंसा हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

निर्वाचनमा आफ्नो उम्मेदवारको प्रचार गर्ने क्रममा लोपेजले बन्दुकमा आफूले खर्च नगर्ने जनाए। उता, गाल्भेजले मेक्सिकोमा आपराधिक गतिविधिले धेरैलाई आतङ्कित बनाएको कारण त्यसलाई निर्मूल पार्न जुनसुकै कदम चाल्न तयार हुने बताएकी छिन्। उनले प्रहरीको तलबमा वृद्धि गर्ने र सुरक्षा संयन्त्रलाई बलियो बनाउने बताएकी छिन्।

गाल्भेजले लोपेजलाई तानाशाह बन्दै गएको आरोप लगाएकी छिन्। यी दुईमा जसले जित हात पारे पनि संसारको राजनीतिमा एउटा नयाँ आयाम भने थपिने छ।

अहिले बिदा भइरहेका राष्ट्रपतिले निर्वाचन आयोग र थुप्रै संवैधानिक अङ्गलाई कमजोर बनाएको बताउँदै उनी त्यसलाई बलियो बनाउन सक्रिय भएको बताएकी छिन्। गाल्भेजले लोपेजलाई तानाशाह बन्दै गएको आरोप लगाएकी छिन्। यी दुईमा जसले जित हात पारे पनि संसारको राजनीतिमा एउटा नयाँ आयाम भने थपिने छ।

संसारमै पहिलो पटक महिला राष्ट्रपति पाउने देश भने अर्जेन्टिना हो। अर्जेन्टिनामा सन् १९७४ देखि १९७६ को बिचमा इसाबेल पेरो राष्ट्रपति भएकी थिइन्। पती हुवा पेरोको निधनपछि इसाबेल पेरो राष्ट्रपति भएकी हुन्।

निर्वाचनबाट राष्ट्रपति पहिलो हुने पहिले महिला भने आइसल्यान्डकी भिन्गिस फोन बागीडाटिर हुन्। उनी सन् १९८० देखि सन् १९९६ सम्म राष्ट्रपति भएकी थिइन्। फिलिपिन्सकी काराज्विन अक्वीनो पनि चर्चित महिला राष्ट्रपतिको रूपमा परिचित छन्। उनी सन् १९९६ देखि १९९२ सम्म फिलिपिन्सको राष्ट्रपति थिइन्।

फर्डीनान्ड मार्कोसको एकतन्त्रीय शासनको अन्त्य गर्दै फिलिपिन्समा प्रजातान्त्रिक व्यवस्था लागु गर्न भएको आन्दोलनको नेतृत्व गरेकी उनी एसियाको महिला राष्ट्रपति पनि हुन्। उनको पनि राजनीतिमा उपस्थिति भने श्रीमानको हत्यापछि राजनीतिमा प्रवेश भएको हो।

सन् १९८३ मा उनका पती बेनीग्नो अक्वीनको हत्या भएपछि उनी राष्ट्रपति उम्मेदवार भएकी हुन्। त्यसो त पतीकै प्रेरणामा उनी राजनीतिमा सक्रिय रूपमा सहभागी भएकी थिइन्। निर्वाचनमा मर्कोसले आफू निर्वाचित भएको घोषणा गरेका थिए।

अक्वीनले त्यसको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गरेर आफ्नो नेतृत्व स्थापित गरेकी हुन्। उनले नै फिलिपिन्सलाई राजनीतिक स्वतन्त्रताको प्रत्याभूति दिलाइन, आर्थिक सुधारको बाटोमा समेत अघि लगिन्। यी सकारात्मक काममा कारण धेरैको प्रशंसा बटुलिरहेकै समयमा उनी सन् १९९२ को निर्वाचनमा सहभागी नहुने निर्णय गरिन्।

संसारकै धेरै जनसङ्ख्या भएको विशाल देश भारतमा अहिले द्रौपदी मुर्मु राष्ट्रपति छन्। तर, भारतले पहिले पटक प्रतिभा पाटिललाई राष्ट्र प्रमुखको रूपमा सन् २००७ मा नै पाएको थियो।

संसारकै धेरै जनसङ्ख्या भएको विशाल देश भारतमा अहिले द्रौपदी मुर्मु राष्ट्रपति छन्। तर, भारतले पहिले पटक प्रतिभा पाटिललाई राष्ट्र प्रमुखको रूपमा सन् २००७ मा नै पाएको थियो। पाटिल सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति थिइन्। उनी सन् २००४ मा राजस्थानको गभर्नर थिइन्। उनको राजनीतिमा प्रवेश धेरै पहिला नै हो। सन् १९६२ मा २७ वर्षको उमेरमा महाराष्ट्रको विधान सभामा उनले जित हात पारेकी थिइन्। विदेश भ्रमणको क्रममा धेरै खर्च गरेको भन्दै उनको राष्ट्रपति कार्यकाल आलोचित बनेको थियो।

एलेज जोन्सन सेयरलिफ सन् २००६ देखि २०१८ सम्म लाइबेरियाको कार्यकारी राष्ट्रपति थिइन्। अफ्रिकाकी पहिलो महिला राष्ट्रपति उनले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गरेको योगदानको कदर स्वरूप सन् २०११ को नोबेल शान्ति पुरस्कार पाएकी थिइन्।

संसारमा धेरै देशले पहिला राष्ट्रपति पाइसकेको छ। तर केही पनि विशेष र फरक देखिएन। मेक्सिको नयाँ राष्ट्रपतिको उपस्थिति कस्तो रहने प्रतीक्षाकै विषय बनेको छ।

त्यहाँ तानासाह शासन रहेको समयमा उनी विदेशमा रहेर नै विश्व बैंक र सिटी बैङ्क लगायतमा काम गरेकी थिइन्। राष्ट्रपति भएको समयमा समेत उनले आर्थिक सुधारका लागि धेरै काम गरेकी थिइन्।

संसारमा धेरै देशले पहिला राष्ट्रपति पाइसकेको छ। तर केही पनि विशेष र फरक देखिएन। मेक्सिको नयाँ राष्ट्रपतिको उपस्थिति कस्तो रहने प्रतीक्षाकै विषय बनेको छ।
स्रोतः बिबिसी, टाइम्स अफ इन्डिया

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ८ : २९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने