टी-२० विश्वकप : नामिबिया र ओमानको खेल सुपर ओभरमा « Khabarhub

टी-२० विश्वकप : नामिबिया र ओमानको खेल सुपर ओभरमा


२१ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० क्रिकेट विश्वकप क्रिकेटमा नामिबिया र ओमनको खेल सुपर ओभरमा गएको छ।

सोमबार बिहान भएको खेलमा ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो।

ओमानको चार विकेट लिएका नामिबियाका रुबेन ट्रम्पलम्यान। तस्बिरः क्रिकइन्फो

सुरुमा ब्याटिङ गरेको ओमानका लागि खालिद कैलले २९ बलको सामना गर्दै सर्वाधिक ३४ रन बनाए। जिशान मकसूद २२ रन जोड्दा अयान खान १५ रनमा आउट भए। शकील अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।

ओमानका ओपनर कश्यप प्रजापति पहिलो र कप्तान अकिब इलियास दोस्रो बलमा शून्यमा आउट भएपछि उसको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २१ रन दिँदै चार विकेट लिएका थिए। डेभिड विसे तीन विकेट हात पारेका थिए। जेहार्ड इरास्मसले दुई विकेट लिँदा बर्नार्ड स्कोल्जेडले एक विकेट लिएका थिए।

जवाफी ब्याटिङमा नामिबियाका लागि जान फ्राइलेंकले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बल खेल्दै ६ चौका प्रहार गरे। निकोलास डेभिनले २४ रन जोड्दा कप्तान गेर्हार्ड इरास्मस १३ रन बनाए। नामिबियाका अन्य ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेनन्। अन्तिम ओभरमा पाँच रन आवश्यक भएको नामिबियाले दुई विकेट गुमाएर चार रन मात्र जोड्दा खेल सुपर ओभरमा पुगेको हो।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ९ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको