टी-२० विश्वकप : नामिबियाको विजयी सुरुवात, सुपर ओभरमा ओमान पराजित « Khabarhub

टी-२० विश्वकप : नामिबियाको विजयी सुरुवात, सुपर ओभरमा ओमान पराजित


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० क्रिकेट विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ। सोमबार बिहान भएको ओमानविरुद्धको खेल नामिबियाले सुपर ओभरमा जितेको हो।

सुपर ओभरमा नामिबियाले तीन चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाएको थियो। सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याएको ओमानले एक विकेट गुमाएर मात्र १० रन जोडेपछि नामिबियाले विजयी सुरुवात गरेको हो।

सोमबार बिहान भएको खेलमा ओमानले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो।

सुरुमा ब्याटिङ गरेको ओमानका लागि खालिद कैलले २९ बलको सामना गर्दै सर्वाधिक ३४ रन बनाएका थिए। जिशान मकसूद २२ रन जोड्दा अयान खान १५ रनमा आउट भएका थिए। शकील अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।

ओमानका ओपनर कश्यप प्रजापति पहिलो र कप्तान अकिब इलियास दोस्रो बलमा शून्यमा आउट भएपछि उसको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २१ रन दिँदै चार विकेट लिएका थिए भने डेभिड विसेले तीन विकेट हात पारेका थिए। जेहार्ड इरास्मसले दुई विकेट लिँदा बर्नार्ड स्कोल्जेडले एक विकेट लिएका थिए।

जवाफी ब्याटिङमा नामिबियाका लागि जान फ्राइलेंकले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बल खेल्दै ६ चौका प्रहार गरे। निकोलास डेभिनले २४ रन जोड्दा कप्तान गेर्हार्ड इरास्मसले १३ रन बनाएका थिए। नामिबियाका अन्य ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेनन्।

खेल सुपर ओभरमा गएपछि ओमानका खेलाडी । तस्बिरः क्रिकइन्फो

अन्तिम ओभरमा पाँच रन आवश्यक भएको नामिबियाले दुई विकेट गुमाएर चार रन मात्र जोड्दा खेल सुपर ओभरमा पुगेको थियो।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १० : ०७ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा