टी-२० विश्वकप : नामिबियाको विजयी सुरुवात, सुपर ओभरमा ओमान पराजित | Khabarhub Khabarhub

टी-२० विश्वकप : नामिबियाको विजयी सुरुवात, सुपर ओभरमा ओमान पराजित


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० क्रिकेट विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ। सोमबार बिहान भएको ओमानविरुद्धको खेल नामिबियाले सुपर ओभरमा जितेको हो।

सुपर ओभरमा नामिबियाले तीन चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाएको थियो। सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याएको ओमानले एक विकेट गुमाएर मात्र १० रन जोडेपछि नामिबियाले विजयी सुरुवात गरेको हो।

सोमबार बिहान भएको खेलमा ओमानले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो।

सुरुमा ब्याटिङ गरेको ओमानका लागि खालिद कैलले २९ बलको सामना गर्दै सर्वाधिक ३४ रन बनाएका थिए। जिशान मकसूद २२ रन जोड्दा अयान खान १५ रनमा आउट भएका थिए। शकील अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।

ओमानका ओपनर कश्यप प्रजापति पहिलो र कप्तान अकिब इलियास दोस्रो बलमा शून्यमा आउट भएपछि उसको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २१ रन दिँदै चार विकेट लिएका थिए भने डेभिड विसेले तीन विकेट हात पारेका थिए। जेहार्ड इरास्मसले दुई विकेट लिँदा बर्नार्ड स्कोल्जेडले एक विकेट लिएका थिए।

जवाफी ब्याटिङमा नामिबियाका लागि जान फ्राइलेंकले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बल खेल्दै ६ चौका प्रहार गरे। निकोलास डेभिनले २४ रन जोड्दा कप्तान गेर्हार्ड इरास्मसले १३ रन बनाएका थिए। नामिबियाका अन्य ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेनन्।

खेल सुपर ओभरमा गएपछि ओमानका खेलाडी । तस्बिरः क्रिकइन्फो

अन्तिम ओभरमा पाँच रन आवश्यक भएको नामिबियाले दुई विकेट गुमाएर चार रन मात्र जोड्दा खेल सुपर ओभरमा पुगेको थियो।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १० : ०७ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन