पुरुषोत्तमको उत्कृष्ट प्रदर्शन « Khabarhub

पुरुषोत्तमको उत्कृष्ट प्रदर्शन


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको चौथो चरणका खेल सम्पन्न भएका छन्।

नेपाल बुद्धिचाल महासङ्घको कार्यक्रम अनुसार काठमाडौँको होटेल ले हिमालय, लाजिम्पाटमा प्रतियोगिता सञ्चालन भइरहेको छ।

नेपालका उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले गणेशमान सिंह स्मृति चेस, राष्ट्रिय बी छनौट चेसमा झैँ यस राउन्ड रोविन प्रतियोगितामा पनि आफ्नो जीवनको उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्। उनले ४ चरणको समाप्तिमा शत प्रतिशत जीत सहित अग्रता कायम गरेका छन्।

तेस्रो चरणमा उनले पूर्व राष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ तथा चौथो चरणमा डिफेन्डीङ च्याम्पियन रुपेस जयसवाललाई हराए। सिलवालले २११२ रेटिङबाट खेल सुरु गरेका थिए। उनले ३ खेलमा नै ३६ रेटिङ वृद्धि गरी सकेका छन्। प्रतियोगितामा राजन सुवेदीले ३ अङ्क जोडेका छन्। उनले तेस्रो चरणमा राजीव कार्की तथा चौथो चरणमा क्षितिज भण्डारीलाई हराए।

यसै गरी अर्का युवा खेलाडी एआईएम सुश्रुत दाहाल २ दशमलव ५ अङ्कसहित दोस्रो स्थानमा छन्। तेस्रो चरणमा सिएम मिलन लामालाई हराएका उनी चौथो चरणमा सुशील चौधरीसँग पराजित भए। प्रकाश नेपालको पनि २ दशमलव ५ अङ्क छ।

तेस्रो चरणमा प्रेमकृष्ण महर्जनलाई हराएका उनले चौथो चरणमा सुरोज महर्जनसँग बराबरी गरे।

मिलन लामा, क्षितिज भण्डारी, सुशील चौधरी र राजीव कार्कीको २ अङ्क छ। प्रतियोगितामा खराब प्रदर्शन गरिरहेका वर्तमान नेपाल च्याम्पियन एफएम रूपेश जयसवाल दोस्रो चरणमा राजीव कार्की र तेस्रो चरणको खेलमा क्षितिज भण्डारीसँग पराजित भए। उनी चौथो चरणमा पुरुषोत्तमसँग पराजित भएका हुन्।

जैसवालको शून्य दशमलव ५ अङ्क छ। पूर्व च्याम्पियन केशव श्रेष्ठको १ अङ्क छ। सुरोजको १ दशमलव ५ अङ्क छ।

महिलातर्फ तीन खेलाडीको अग्रता
लुम्बिनी इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा सञ्चालन भइरहेको ९ औँ महिला राष्ट्रिय च्याम्पियनसिपमा पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङका शान्ति धिमाल र कास्कीका पूजा भण्डारी ४ अङ्कका साथ संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्।

सिन्दिराले भक्तपुरकी सविना गुजःल र प्रगन्ना किबन्यायोलाई हराएकी हुन्। शान्तिले सुशीला गुरुङ र सबिनालाई हराइन्। पूजाले आइतबार विनीता र रिया श्रेष्ठलाई पराजित गरेकी हुन्।

२४ औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न कूल अनुमानित खर्च १३ लाख ५० हजार रहेको प्रतियोगिता आयोजक कमिटीका संयोजक दिपेन राईले बताए।

सो खर्च व्यवस्थापनका लागि विभिन्न कर्पोरेट हाउस, स्थानीय तह र अन्य दाता एवं सहयोगी सङ्घ संस्थासँग समन्वय गरिएको जानकारी गराए।

यस राष्ट्रिय प्रतियोगिताको खुल्लातर्फ ३ जना र वुमनतर्फ ४ जना छनौट भई हंगेरीको बुढापेष्टमा सेप्टेम्बर १०-२३ सम्म हुने ४५ औँ चेस ओलम्पियाडमा सहभागिता निश्चित गर्ने राईले बताए।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १० : २० बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई