प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार र प्रतिपक्षी दलका शीर्ष नेतृत्वसँग छलफल गरेका छन् ।

 उनले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले सोमबार नै अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले ओली र देउवासँग सामूहिक र नेपालसँग छुट्टै छलफल भएको जनाएको छ । 

सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री प्रचण्डले एकसाथ र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग सरकारी निवास बालुवाटारमा छलफल गरेका हुन् । 

एमाले अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँले सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दाका विषयमा छलफल भएको बताए ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १२ : ४७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः