प्रतिनिधिसभा : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

प्रतिनिधिसभा : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जनसरोकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । 

बैठकमा सांसद डिल्लीराज पन्तले एक सय ५० जनालाई राख्न मिल्ने कैलाली जिल्ला कारागारमा हाल पाँच सय कैदी राखिएको बताए। उनले आगामी आर्थिक वर्षको  बजेटमा उक्त कारागार सुधारका लागि बजेट व्यवस्थापन नगरिएको भन्दै उक्त कारागार सुधारका निम्ति सरकारको ध्यानाकर्षण गराए। 

सांसद तारा लामातामाङले कञ्चनपुरका करिब चार सय ४७ जना उखु किसानको अनुदान रकम छुट भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

अर्का सांसद तेजुलाल चौधरीले गए राति सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं ४ सुरुङ्गा नगरपालिका–३ स्थित मौलिया भन्ने गाउँमा निश्चल चौधरीको घरमा लुटपाट भएको तथा त्यहाँ २० लाख बराबरको धनमाल लुटिएको जानकारी दिँदै आपराधिक गतिविधि नियन्त्रणका निम्ति सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १ : ०० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार