चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी « Khabarhub

चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

देउखुरी– घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन् । 

बुबा—बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले बताए। उनले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्छन् । गैजा घाँस तथा तरकारी बोक्न प्रयोग हुने गरेको छ । 

‘एउटा गैजालाई रु तीन सयमा र स्याङोलाई पाँच सयमा बिक्री गर्ने गरेको छु । गाउँघरमा नै बिक्री हुने गरेकाले बजार खोज्न धेरै टाढा जानुपरेको छैन’, उनले भने, ‘मेहनत गरेमा आम्दानीको साथै समय सदुपयोग र स्वरोजगार बन्न सहज भएको छ ।’

दिनमा चारवटासम्म गैजा बुन्ने गरेका चौधरीले तिनको बिक्रीबाट १२ सय रुपैयाँ आम्दानी गर्छन्। ‘अहिलेसम्म बुनेका सामाग्री बिक्री हुँदैनन् कि भनेर चिन्ता गर्नुपरेको छैन । धेरै स्थानीयले आफ्नो बाँस दिएर बुन्न लगाउँछन्, त्यसमा पनि पैसा आउँछ’, चौधरीले भने,’स्थानीय सरकारले घरेलु सामग्रीलाई प्रोत्साहन गर्ने नीति लिएमा व्यावसायीकरूपमा काम अगाडि बढाउने सोच छ ।’

घरमै बसेर फुर्सदको समय सदुपयोग हुनुका साथै आम्दानी पनि गर्न सकिने यो पेशामा पछिल्लो पुस्ता भने आकर्षित छैन । उनलाई पछिल्लो पुस्ताले यो सीप सिक्न नचाहेको देख्दा आफूसँगै लोप पो हुन्छ कि भन्ने चिन्ता लागेको छ । 

‘मैले मेरा बुबाबाजेबाट सीप सिके आफ्नो गर्जो टार्न सहज भएकै छ । अहिले त लगानी गरेमा व्यावसायिकरूपमा काम अगाडि बढाउन सकिन्छ तर नयाँ पुस्ताले सीप सिक्न चासो राखेका छैनन् । अब स्थानीय सरकारले यस्ता परम्परागत सीपको प्रवर्द्धन गर्न जरूरी छ’, चौधरीको अनुरोध छ ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १ : ३३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले