'सडक विभाग र काठमाडौं महानगरबीचको विवाद लज्जास्पद' | Khabarhub Khabarhub

‘सडक विभाग र काठमाडौं महानगरबीचको विवाद लज्जास्पद’


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सडक विभाग र काठमाडौं महानगरपालिकाबीचको विवाद लज्जास्पद भएको बताएकी छन् । 

प्रतिनिधिसभा बैठकमा आज शून्य समयमा बोल्दै सांसद गौतमले सडक र फुटपाथ निर्माणको विषयमा विवाद हुनु लज्जास्पद भएको बताइन् । राज्यका दुई अंगबिच सिर्जना भएका यस्ता विवादले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गौतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् । 

‘अहिले काठमाडौं महानगरपालिका र सडक विभागबीच आरोपप्रत्यारोप चलिरहेको छ । फोहोर व्यवस्थापनको विषय, सडक र फुटपाथ निर्माणको विषयमा कसको क्षेत्राधिकार के ? पटक पटक विवाद हुनु लज्जास्पद विषय हो,’ गौतमले भनिन् ‘राज्यका दुई अंगबिचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन ।’ 

स्थानीय सरकार र संघबिच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्था माथिनै प्रश्न उठिरहेको भन्दै यसतर्फ गम्भीर हुन सरोकारवालाहरूको ध्यानाकर्षण गराएकी थिइन् ।

यो पनि हेर्नुहोस्

बालेनले नसुनेपछि सडक विभागले टाल्यो न्यूरोडको सडक

संघीय सरकार र बालेनबीच ‘जुँगाको लडाइँ’, न्यूरोडमा तनाव

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  २ : ०५ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका