रेडियो जनताको स्टेसन म्यानेजरमा खड्का नियुक्त « Khabarhub

रेडियो जनताको स्टेसन म्यानेजरमा खड्का नियुक्त


२१ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेडियो जनताको स्टेसन म्यानेजरमा सागर खड्का नियुक्त भएका छन् । ओखलढुङगाको लिखु गाउँपालिका-९ पोकलीका खड्का जेठ १ गतेबाट उक्त पदमा नियुक्त भएका हुन् ।

जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा.विजय कुमार पौडेल र प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश आचार्यले एक कार्यक्रमका बिच उनलाई स्टेसन म्यानेजरको पदमा नियुक्त गरेका हुन्  ।

खड्का ८ वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत छन् । रेडियोकर्मीकै रूपमा पत्रकारिता क्षेत्रमा उदाएका खड्का पछिल्लो समय रेडियो कान्तिपुरमा समेत कार्यरत थिए ।

प्रमुख कार्यकारी अधिकृत आचार्यले नवनियुक्त म्यानेजर खड्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थालाई अझै अगाडि बढाउन खड्काले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यस्तै, अध्यक्ष पौडेलले बदलिँदो संञ्चार जगतमा रेडियोलाई थप सशक्त बनाउन सिंगो समूह लागिपर्ने बताए  ।

नवनियुक्त म्यानेजर खड्काले आफूलाई स्टेसन म्यानेजरको जिम्मेवारी दिएमा सञ्चालक समितिप्रति आभार व्यक्त गरे।

उनले रेडियोको आर्थिक उन्नति र प्रगतिका लागि आफू प्रतिबद्ध भएर लाग्ने र रेडियोलाई आमजनता सामु लोकप्रिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ३ : ४२ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले