सदस्यता शुद्धिकरणमा प्रेस युनियन बेलायत शाखाको ध्यानाकर्षण « Khabarhub

सदस्यता शुद्धिकरणमा प्रेस युनियन बेलायत शाखाको ध्यानाकर्षण


२१ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रेस युनियन बेलायतले पत्रकार महासंघ बेलायत शाखाको सदस्यता वितरणमा विभेद गरेको दाबी गरेको छ ।

युनियनका अध्यक्ष विपिन निरौलाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ बेलायत (एफएनजे यूके) शाखाको आसन्न निर्वाचन र सदस्यता वितरणप्रति नेपाल प्रेस युनियन बेलायत शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा ‘एफएनजे यूकेको पूर्व सदस्य समेत रहेका र यूकेमै रहेर सक्रिय पत्रकारिता समेत गरिरहेका पत्रकार साथीहरूलाई निर्वाचन को मुखमा आएर सदस्यताबाट बञ्चित गरिएको विभेदपूर्ण कार्य तुरुन्त सच्याई सदस्यता प्रदान गर्न महासंघ केन्द्रसँग माग’ गरिएको छ।

युनियनले महासंघ यूके शाखाका तत्कालीन अध्यक्षद्वय ध्रुर्वराज अर्याल र बिपिन निरौला बीचको सहमति अक्षरशः पालना गर्न समेत विज्ञप्तिमार्फत अपिल गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ३ : ५७ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको