सप्तरीमा मन्त्रीमाथि भएको आक्रमणबारे छानबिन हुने | Khabarhub Khabarhub

सप्तरीमा मन्त्रीमाथि भएको आक्रमणबारे छानबिन हुने

छानविन गर्ने जिम्मा प्रदेश मामिला समितिलाई


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा मन्त्रीमाथि भएको आक्रमण र प्रदेशसभा कार्यकक्षभित्र घटित घटनाको छानबिन हुने सहमति भएको छ ।

आजको प्रदेशसभा बैठक जनमत पार्टीले अवरुद्ध गर्दै कृषि विश्वविद्यालय भवनको शिलान्यासको क्रममा भएको घटनाको छानबिनको माग गरेको थियो । 

त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर छानबिन समितिको विषयमा सबै दलका नेतालाई राखेर छलफल गरेका थिए ।

छलफलका क्रममा जसपा नेपालका सांसदहरुले २०८१ वैशाख ४ मा प्रदेशसभाभित्र घटेको घटनाको पनि छानबिन हुनुपर्ने अडान राखेको र त्यसमा जनमत पार्टी सहमत भएपछि कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाभित्र भएको घटनाको छानबिन गर्ने सहमति भएको हो ।

बैठकमा दुबै घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेशसभाभित्रका प्रदेश मामिला समितिलाई दिइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए । उनका अनुसार उक्त समितिमा नरहेका दललाई समेत छानबिन प्रयोजनका लागि सदस्यको रुपमा प्रतिनिधित्व गराइनेछ ।

यो पनि…

मधेश प्रदेशसभामा जनमतको अवरोध

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ५ : २४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि