सप्तरीमा मन्त्रीमाथि भएको आक्रमणबारे छानबिन हुने « Khabarhub

सप्तरीमा मन्त्रीमाथि भएको आक्रमणबारे छानबिन हुने

छानविन गर्ने जिम्मा प्रदेश मामिला समितिलाई


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा मन्त्रीमाथि भएको आक्रमण र प्रदेशसभा कार्यकक्षभित्र घटित घटनाको छानबिन हुने सहमति भएको छ ।

आजको प्रदेशसभा बैठक जनमत पार्टीले अवरुद्ध गर्दै कृषि विश्वविद्यालय भवनको शिलान्यासको क्रममा भएको घटनाको छानबिनको माग गरेको थियो । 

त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर छानबिन समितिको विषयमा सबै दलका नेतालाई राखेर छलफल गरेका थिए ।

छलफलका क्रममा जसपा नेपालका सांसदहरुले २०८१ वैशाख ४ मा प्रदेशसभाभित्र घटेको घटनाको पनि छानबिन हुनुपर्ने अडान राखेको र त्यसमा जनमत पार्टी सहमत भएपछि कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाभित्र भएको घटनाको छानबिन गर्ने सहमति भएको हो ।

बैठकमा दुबै घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेशसभाभित्रका प्रदेश मामिला समितिलाई दिइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए । उनका अनुसार उक्त समितिमा नरहेका दललाई समेत छानबिन प्रयोजनका लागि सदस्यको रुपमा प्रतिनिधित्व गराइनेछ ।

यो पनि…

मधेश प्रदेशसभामा जनमतको अवरोध

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ५ : २४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५