गण्डकीमा श्रमाधान रोजगार मेला सुरु  | Khabarhub Khabarhub

गण्डकीमा श्रमाधान रोजगार मेला सुरु 


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशको राजधानीमा पोखरामा सोमबारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रोजगार मेलाको संयुक्त उद्घाटन गरेका छन् ।

पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलामा ३९ वटा स्टल राखिएको छ । मंगलबारदेखि चल्ने रोजगार मेलामा श्रमाधानको बहुआयामिक पक्षका बारेमा छलफल तथा संवाद हुनेछ । 

 मेलाको पहिलो दिन श्रम आप्रवासन कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरूका विषयमा संवाद गरिएको आयोजकले जनाएको छ ।

अन्तिम दिन मंगलबार शिक्षा र रोजगारी बीचको सेतुः कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाँठा विषयमा संवाद हुने जनाइएको छ ।

  मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरू रहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ५ : ५७ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको