युद्धबाट गाजाका आधाभन्दा धेरै संरचना ध्वस्त  « Khabarhub

युद्धबाट गाजाका आधाभन्दा धेरै संरचना ध्वस्त 


२१ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध सुरु भएपछि गाजा पट्टीमा करिब ५५ प्रतिशत संरचनाहरू ध्वस्त, क्षतिग्रस्त भएका छन् । 

राष्ट्रसंघीय स्याटेलाइट विश्लेषण एजेन्सी युएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित भएको विश्लेषणबाट पत्ता लागेको बताएको छ ।   

उक्त अनुमान मे ३ मा लिइएको स्याटेलाइट तस्बिरमा आधारित छ । यसको तुलना गत वर्षको मे, सेप्टेम्बर र हमासले इजराइलमाथि आक्रमण गरेको अक्टोबर ७ भन्दा ठिक एक सातापछि अक्टोबर १५ मा लिइएको तस्बिरसँग गरिएको छ । हमासले गरेको आक्रमणपछि युद्ध सुरु भएको थियो । 

पछिल्लो स्याटेलाइट तस्बिरको तुलना नोभेम्बरमा धेरै मितिमा लिइएका तस्बिरहरूसँग पनि गरिएको थियो ।

यसका साथै १६ हजार पाँच सय १३ गम्भीररूपमा ध्वस्त संरचना, ४७ हजार तीन सय ६८ सामान्यरूपमा क्षतिग्रस्त संरचना र कूल एक लाख ३७ हजार दुई सय ९७ संरचनामा ३६ हजार आठ सय २५ सम्भावित क्षतिग्रस्त संरचना देखिएको एजेन्सीले उल्लेख गरेको छ । 

केन्द्रमा दिर अल–बलाह र उत्तरमा गाजाको गभर्नरेटमा अप्रिल १ देखि मे ३ को बीचमा धेरै नोक्सान भएको स्याटेलाइट तस्बिरबाट थाहा भएको युएनओएसएटीले भनेको छ । 

उक्त मितिमा स्याटेलाइट तस्बिरहरूको तुलना गर्दा दिर अल–बलाहमा थप दुई हजार छ सय १३ संरचना क्षतिग्रस्त भएको र मात्र एक महिनामा गाजा गभर्नरेटमा थप दुई हजार तीन सय ६८ संरचना ध्वस्त भएको थियो । 

    

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ६ : २९ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका