हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता « Khabarhub

हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटलका मूख्य प्रशासन अधिकृत राजेन्द्र के.सीको समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले यस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हस्पिटलमा पेश गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरीएकाे छ ।

सन् १९७८ मा बिराटनगर मा स्थापित थापा नर्सिङ्ग होम पछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाडौंमा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो । जुन नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो ।

त्यसैगरी, प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ६ : ३३ बजे

बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्योपचार’ कार्यक्रम

काभ्रेपलाञ्चोक– बेथानचोक गाउँपालिकाले ‘प्राकृतिक स्वास्थ्य उपचार’ (नेचर वेलनेस थेरापी) कार्यक्रम

‘प्रधानमन्त्रीले संसद्‍बाटै झुटो बोले, नेपालले भारतको सीमा मिचेको प्रमाण छैन’

काठमाडौं- सांसदहरूको प्रश्नबाट भाग्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह आइतबार नाटकीय

नेपालले भारतीय भूमि मिचेको भनेपछि बालेनप्रति हर्कको आक्रोश : ‘हुतीहारा’

 काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले अविरल वर्षाका कारण जनतामा परेको समस्या, महँगी

बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

काठमाडौं– बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको