कमब्याक तयारीमा यी कलाकार, फिल्ममा देखिएलान् राजेश हमाल ? | Khabarhub Khabarhub

कमब्याक तयारीमा यी कलाकार, फिल्ममा देखिएलान् राजेश हमाल ?


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘एक जना कलाकार सक्रिय रहने समय १० वर्ष हो’ भन्ने भाष्य पुरानै हो । विगततिर हेर्दा केही हदसम्म त्यसमा सत्यता रहेको पनि पाइन्छ ।

६० र ७० को दशकमा उत्कर्षमा रहेका नायक-नायिक धेरै विदेश पलायन भएका छन् । बहुसंख्य खलनायक त के गर्दैछन् भन्ने पनि थाहा छैन ।

नेपालमै रहेका धेरै वरिष्ठ कलाकार अहिले सक्रिय छैनन् । उनीहरु फाट्टफुट्ट फिल्ममा देखिन्छन् । अभिनय नगरे पनि फिल्मको दुनियाँबाट टाढा छैनन् ।

कुनै समय चर्चामा रहेका कलाकार कमब्याकको तयारीमा छन् । जानौँ ती को-को हुन् ?

‘एक्टर’बाट राजबल्लभ

अभिनेता राजबल्लभ कोइराला ११ वर्षपछि फिल्म छायांकनमा सहभागी भए । उनको अभिनय रहेको फिल्म ‘एक्टर’को प्रदर्शन मिति कात्तिक १५ गतेलाई तोकिएको छ ।

छायांकनका लागि नेपाल आएका कोइराला अहिले अमेरिका फर्किसेकका छन् । ‘एक्टर’ निर्देशक राजन भुसालका अनुसार उनी फिल्म प्रदर्शनका बेला नेपाल आउने तालिका छ ।

कोइरालाको पछिल्लो फिल्म वि.सं. २०७० मा प्रदर्शनमा आएको ‘६ एकान ६’ हो ।

त्यस्तै, नेपालमै रहे पनि अभिनेता राजेश हमाल लामो समयदेखि फिल्ममा देखिएका छैनन् । यद्यपि, उनी विभिन्न कार्यक्रम र विज्ञापनमा व्यस्त छन् । म्युजिक भिडियो पनि खेलिरहेका छन् ।

हमाल ‘शकुन्ता’पछि फिल्ममा देखिएका छैनन् । त्यो फिल्म २०७३ भदौ १० गते प्रदर्शनमा आएको थियो । तर, निर्माणाधीन ‘एक्टर’मै उनलाई दर्शकले देख्न पाउने प्रवल सम्भावना छ ।

‘एक्टर’निकट स्रोत भन्छ, ‘राजेश दाइको केमियो रोल छ । उहाँ सकारात्मक हुनुहुन्छ । समय मिल्नेबित्तिकै छायांकन हुन्छ ।’

‘ह्रस्व दीर्घ’मा विपना

नायिका विपना थापा ५० को अन्तिम र ६० को सुरुवातकी स्टार नायिका हुन् । भारतमा घरजम गरेकी उनी १७ वर्षदेखि फिल्मबाट टाढै थिइन् ।

उनी अहिले छायांकनरत फिल्म ‘ह्रस्व दीर्घ’मा एक प्रमुख भूमिकामा छिन् । त्यस फिल्ममा उनले आफ्नो अंशको छायांकन गरिसकेकी छन् ।

फिल्म ‘संघर्षको जिन्दगी’मा अभिनय गरेको १७ वर्षपछि उनी ‘ह्रस्व दीर्घ’मा अनुबन्ध भएकी हुन् । यो फिल्म असोज ३ गते प्रदर्शनमा आउँदै छ ।

‘तेल भिसा’मा यी कालकार

नायिका ऋचा घिमिरे ६० को दशककी ‘स्टार’ नायिका हुन् । उनी ‘ब्ल्याक ब्युटी’ उपमाले परिचित थिइन् ।

२०६९ मा प्रदर्शनमा आएको ‘तुलसी’ उनको पछिल्लो फिल्म हो । उनी हाल अमेरिकामा बसोबास गर्छिन् ।

अमेरिकामै छायांकन भएको फिल्म ‘तेल भिसा’बाट उनी अभिनयमा फर्किने भएकी छन् । उनी हाल फिल्मकै दौरान काठमाडौं आएकी छन् ।

‘तेल भिसा’बाट अभिनयमा फर्किने उनी मात्रै होइनन् । नायक सुशील क्षेत्रीको पनि अभिनय छ । यद्यपि उनी यस फिल्ममा छोटो भूमिकामा देखिने बताइएको छ ।

‘आगो’ फिल्मबाट ठूलो पर्दामा आएका सुशीलले १०० भन्दा बढी अभिनय गरेका छन् । दर्जनौं हिट फिल्म दिएका उनी पाँच वर्षभन्दा लामो समयदेखि अभिनयबाट टाढा छन् ।

पाँच वर्षपछि आइन् अनु

नायिका अनु शाह ५ वर्षपछि ठूलो पर्दाको अभिनयमा फर्किँदै छिन् । उनी नेपालमै रहे पनि फिल्ममा काम गरेकी छैनन् । यद्यपि म्युजिक भिडियोमा कहिलेकाहीँ देखिइरेहकी हुन्छिन् ।

आगामी साउन ११ बाट प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’ मा उनी देखिने निश्चित छ । यो फिल्मको प्रचारमा अनु व्यस्त छिन् । राम्रो फिल्मको पर्खाइले फिल्मबाट विश्राम लिए जस्तो देखिएको उनको तर्क छ ।

भन्छिन्, ‘अफर त आएको थियो । विभिन्न कारणले गरिनँ । राम्रो फिल्मको पर्खाइमा थिएँ ।’

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : ०१ बजे

प्रचलित कानूनविपरीत निलम्बन गरियो : मुकुल ढकाल

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले

अहिले सकिनँ, अर्कोपालि पुस्तान्तरण हुन्छ : घनश्याम भुसाल (अन्तरवार्ता)

काठमाडौं- नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनमा महासचिव घनश्याम भुसाल अध्यक्षका

एकीकृत समाजवादीमा ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा

काठमाडौं- नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा ९३ जना केन्द्रीय कमिटी

राष्ट्रिय सभाबाट विनियोजन विधेयक सर्वसम्मत पारित

काठमाडौं– राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ सर्वसम्मत

न्यायाधीश सपनाले उठाइन् गृहमन्त्री रविको नैतिकता र विवेकमाथि प्रश्न

न्यायाधीश सपना प्रधान मल्ल ( तस्बिर स्रोत मल्लको फेसबुक) काठमाडौं-