आज २०८१ साल असार १९ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल असार १९ गते बुधबारको राशिफल


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १९ गते बुधबार तदनुसार सन् २०२४ जुलाई ३ तारिख। असार कृष्ण पक्षको द्वादशी तिथि। प्रदोष व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन रमाइलो छ। थोरै लगानीबाट धेरै आम्दानी हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। बौद्धिक क्षेत्रमा सक्रिय साथीसँग संगत गरेर योजना बनाउनु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। समाजसेवाको अवसर मिल्नेछ।

वृष : लगानीका क्षेत्रमा विवाद हुनेछ। भएको सम्पत्ति जोगाउने दिन भएकाले ठुलाठुला क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। व्यवहार गर्दा नजिकका साथीसँग सचेत बन्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : शुभ समाचार सुन्न पाइने छ। मित्रबाट विशेष सहयोग मिल्नेछ। गुम्न लागेको धन हात लाग्नेछ। परीक्षा लेखेको भए सफल बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कृषि र फलफूलका क्षेत्रबाट नाफा हुनेछ।

कर्कट : पुरानो विषय उठाएर प्रहार हुनसक्छ। शनिदेव सकारात्मक भए प्रगति हुनेछ। शनिदेव नकारात्मक भए झुटो आरोप लाग्नसक्छ। बोल्दा ख्याल नगरेमा आफन्तसँगको सम्बन्ध बिग्रिने जोखिम छ।

सिंह : परिवारमा सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। गोपनीयता सार्वजनिक नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ।

कन्या : धार्मिक क्षेत्रमा सहभागी भएमा मन शान्त बन्नेछ। शिक्षामा गरेको श्रमबाट सफलता मिल्नेछ। अरुलाई तर्साएर आफ्नो काम बन्ने योग छ। पूर्वको लामो यात्रा एक्लै नगर्नु राम्रो होला। परिवारको मेलमिलापमा अरुले आक्रमण गर्ने जोखिम रहेको छ।

तुला : जोस, जाँगर र हिम्मत बढ्ने दिन छ। दैनिक काममा प्रगति हुनेछ। बौद्धिक क्षेत्रमा सम्मान बढ्नेछ। साथीको सुझाव उपयोगी हुनसक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा नाम र दाम रहनेछ। परिवारमा भने बौद्धिक टकराब हुने देखिन्छ।

वृश्चिक : बनाएका योजना सफल हुनेछन्। दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ। परीक्षामा सफलता मिल्नेछ। गोपनीयता भंग नगर्नु राम्रो हुन्छ। योजना अगाडि नै सार्वजनिक गर्ने बानीले धोका हुने जोखिम रहेको छ।

धनु : समय राम्रो छ। शुभ समाचारले उत्साह थप्नेछ। तपाईंको प्रशंसा हुनेछ। अरुले बनाएको योजनाले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारलाई समय दिन नसक्दा विवाद हुनसक्ने देखिन्छ।

मकर : दिन मध्यम छ। जति प्रयास गरे पनि सफलता हात लाग्न गाह्रो हुनेछ। परिवारमा विवाद हुने देखिन्छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। परिवारमा भने अनेक शंकाको घेरामा बस्नुपर्ने हुनसक्छ।

कुम्भ : काम गर्दा सचेत हुनुपर्नै देखिन्छ। झुटा आरोप लाग्ने खतरा छ। मन अशान्त हुनेछ। धार्मिका कार्यमा सहभागी हुनु राम्रो हुन्छ। शनिको अवस्था अनुसार अगाडि बढे दिन सहज बन्नेछ।

मीन : अवसर छनोट गर्न नसक्दा लगानी फस्ने जोखिम हुन्छ। बौद्धिक क्षेत्रको लगानीबाट मनमा उत्साह बढ्नेछ। सोचेर गरेको कामको उचित मूल्यांकन हुनेछ। श्रमलाई प्राथमिकता दिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : २७ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको