आज २०८१ साल असार १९ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल असार १९ गते बुधबारको राशिफल


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १९ गते बुधबार तदनुसार सन् २०२४ जुलाई ३ तारिख। असार कृष्ण पक्षको द्वादशी तिथि। प्रदोष व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन रमाइलो छ। थोरै लगानीबाट धेरै आम्दानी हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। बौद्धिक क्षेत्रमा सक्रिय साथीसँग संगत गरेर योजना बनाउनु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। समाजसेवाको अवसर मिल्नेछ।

वृष : लगानीका क्षेत्रमा विवाद हुनेछ। भएको सम्पत्ति जोगाउने दिन भएकाले ठुलाठुला क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। व्यवहार गर्दा नजिकका साथीसँग सचेत बन्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : शुभ समाचार सुन्न पाइने छ। मित्रबाट विशेष सहयोग मिल्नेछ। गुम्न लागेको धन हात लाग्नेछ। परीक्षा लेखेको भए सफल बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कृषि र फलफूलका क्षेत्रबाट नाफा हुनेछ।

कर्कट : पुरानो विषय उठाएर प्रहार हुनसक्छ। शनिदेव सकारात्मक भए प्रगति हुनेछ। शनिदेव नकारात्मक भए झुटो आरोप लाग्नसक्छ। बोल्दा ख्याल नगरेमा आफन्तसँगको सम्बन्ध बिग्रिने जोखिम छ।

सिंह : परिवारमा सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। गोपनीयता सार्वजनिक नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ।

कन्या : धार्मिक क्षेत्रमा सहभागी भएमा मन शान्त बन्नेछ। शिक्षामा गरेको श्रमबाट सफलता मिल्नेछ। अरुलाई तर्साएर आफ्नो काम बन्ने योग छ। पूर्वको लामो यात्रा एक्लै नगर्नु राम्रो होला। परिवारको मेलमिलापमा अरुले आक्रमण गर्ने जोखिम रहेको छ।

तुला : जोस, जाँगर र हिम्मत बढ्ने दिन छ। दैनिक काममा प्रगति हुनेछ। बौद्धिक क्षेत्रमा सम्मान बढ्नेछ। साथीको सुझाव उपयोगी हुनसक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा नाम र दाम रहनेछ। परिवारमा भने बौद्धिक टकराब हुने देखिन्छ।

वृश्चिक : बनाएका योजना सफल हुनेछन्। दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ। परीक्षामा सफलता मिल्नेछ। गोपनीयता भंग नगर्नु राम्रो हुन्छ। योजना अगाडि नै सार्वजनिक गर्ने बानीले धोका हुने जोखिम रहेको छ।

धनु : समय राम्रो छ। शुभ समाचारले उत्साह थप्नेछ। तपाईंको प्रशंसा हुनेछ। अरुले बनाएको योजनाले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारलाई समय दिन नसक्दा विवाद हुनसक्ने देखिन्छ।

मकर : दिन मध्यम छ। जति प्रयास गरे पनि सफलता हात लाग्न गाह्रो हुनेछ। परिवारमा विवाद हुने देखिन्छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। परिवारमा भने अनेक शंकाको घेरामा बस्नुपर्ने हुनसक्छ।

कुम्भ : काम गर्दा सचेत हुनुपर्नै देखिन्छ। झुटा आरोप लाग्ने खतरा छ। मन अशान्त हुनेछ। धार्मिका कार्यमा सहभागी हुनु राम्रो हुन्छ। शनिको अवस्था अनुसार अगाडि बढे दिन सहज बन्नेछ।

मीन : अवसर छनोट गर्न नसक्दा लगानी फस्ने जोखिम हुन्छ। बौद्धिक क्षेत्रको लगानीबाट मनमा उत्साह बढ्नेछ। सोचेर गरेको कामको उचित मूल्यांकन हुनेछ। श्रमलाई प्राथमिकता दिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : २७ बजे

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

जलेश्वर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो

नयाँ दिल्ली- भारतले सोमबार ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ। गणतन्त्र

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्