एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति « Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशन अन्तर्गत आज दलको राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको छ ।

उक्त दस्तावेजबारे प्रतिनिधिहरुलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् ।

महाधिवेशनमा चारवटा प्रतिवेदनहरू प्रस्तुत भएका थिए । जसमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, नेपाली विशेषताको समाजवाद र विधान संशोधन प्रस्ताव रहेका थिए ।

समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्तावेज परिमार्जनसहित अनुमोदन हुने एकीकृत समाजवादीले जनाएको छ । त्यसपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ ।

महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि सहभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् ।

महाधिवेशनमा अध्यक्ष पदका लागि माधवकुमार नेपाल र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने बताइएको छ । तर माधवकुमार नेपाललाई नै पुनः अध्यक्ष बनाउन नेताहरु प्रयासरत छन् ।

विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ ।

आइतवार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ०५ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु