३६ वर्षदेखि खुसी पर्खिएका नेदरल्यान्ड्स समर्थक | Khabarhub Khabarhub

३६ वर्षदेखि खुसी पर्खिएका नेदरल्यान्ड्स समर्थक


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

फ्रान्स र नेदरल्यान्ड्स युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरिसकेका छन्। यी दुई देश बिच फाइनलमा भेट हुने सम्भावना कायम छ। यो सिजन डिडियस डेसक्याम्प र रोनाल्ड कोम्यानका लागि विशेष हुनसक्छ।

फ्रान्स र नेदरल्यान्ड्स बिचको भिडन्तका लागि विश्व उपविजेता फ्रान्सले पहिले पोर्चुगललाई पार गर्नुपर्ने छ। यस पछिको खेलमा जर्मनी र स्पेनबिचको विजेतासँग खेल्नुपर्ने छ।

नेदरल्यान्ड्सको हकमा टर्कीसँग अबको खेलमा जित हात पार्नु छ। त्यसपछि इङ्गल्यान्ड र स्विट्जरल्यान्ड बिचको विजेतासँग डच टोलीले खेल्नुपर्ने छ। अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेको नेदरल्यान्ड्सले दोस्रो चरणको खेलमा रोमानियालाई ३-० ले हराइसकेको छ। जुलाई महिनाको अन्त्यमा बर्लिनमा हुने फाइनलमा सफलता पाएमा डेसक्याम्प र कोम्यानका लागि यो एउटा नयाँ इतिहास हुनेछ। खेलाडी र प्रशिक्षक दुवैको भूमिकामा युरोकप जित्ने दोस्रो व्यक्तिको रूपमा सो कीर्तिमान रहने छ। यो सफलता पाउने जर्मनीका बर्टी भोग्ट्स पहिलो व्यक्ति हुन्।

 

सन् १९७२ मा खेलाडीको रूपमा सफलता पाएका उनले सन् १९९६ मा प्रशिक्षकको रूपमा युरो कपको उपाधि जितेका थिए। बोरुसिया मोन्चेडग्लेडब्याकका रक्षक भोग्ट्स जर्मनीको उपाधि विजेता टोलीमा रहे पनि एउटा पनि खेल भने खेलेनन्।

डेसक्याम्प भने अत्यन्त प्रभावशाली खेलाडी थिए। उनले कप्तानकै रूपमा फ्रान्सलाई सन् २००० को युरो कपको उपाधि दिलाएका थिए। फ्रान्सले दुवै पटक विश्वकप जित्दा उनी टोलीमा आबद्ध थिए।

सन् १९९८ मा उपाधि हात पार्दा खेलाडी रहेका डेसक्याम्प सन् २०१८ मा फ्रान्सले नै उपाधि जित्दाको समयमा टोलीका प्रशिक्षक थिए। युरो कपकै रूपमा सन् २०१६ मा टोलीमा आबद्ध हुँदा भने उनका लागि अन्य प्रतियोगिता जस्ता सुखद रहेनन्। फाइनलमा फ्रान्स घरेलु भूमिमै पोर्चुगलसँग पराजित भएको थियो।

सन् १९८८ मा म्युनिखमै भएको फाइनलमा सोभियत सङ्घलाई २-० ले हराउँदा भने कोम्यान टोलीका भरपर्दा रक्षक थिए। यी दुवै आफ्नो टोलीलाई महत्त्वपूर्ण उपाधि दिलाउन तल्लीन छन्। यसका लागि धेरै तगारा पनि छन्।

फुटबलको इतिहासमा धेरै पटक फाइनल प्रवेश गरेर पनि उपाधि जित्न नसकेको अभागी टोली नेदरल्यान्ड्स सन् १९७४ को फाइनलमा पश्चिम जर्मनीसँग, १९७८ को फाइनलमा अर्जेन्टिनासँग तथा सन् २०१० मा स्पेनसँग पराजित भएको थियो।

सन् १९०५ मा पहिलो पटक राष्ट्रिय टोली तयार गरेको नेदरल्यान्ड्सले पहिलो महत्त्वपूर्ण उपाधि जित्न अर्को ८३ वर्ष पर्खनु परेको थियो। यस बिचमा सन् १९७० को दशकको अन्त्यमा नेदरल्यान्ड्समा महिला फुटबलले पनि एउटा फड्को मारेको थियो। त्यसपछि महिला क्लब र व्यावसायिक विकाससँगै भएको थियो।

 

फुटबल अत्यन्त लोकप्रिय रहेको नेदरल्यान्ड्समा सङ्घको सदस्यता लिने मात्र लाखौँ छन्। यी लाखौँले केही न केही मात्रमा त्यहाँको फुटबल विकासमा आफूले पनि केही योगदान गरेकै हुन्छन्।

त्यसो त म्युनिख सहर नेदरल्यान्ड्स फुटबलले कहिले पनि बिर्सन नसकिने सहर हो। एकदमै राम्रो फर्ममा हुनुको बाबजुद सन् १९७४ को विश्वकप फाइनलमा नेदरल्यान्ड्सले त्यहीँ पराजयको सामना गरेको थियो। त्यसै म्युनिखमा नेदरल्यान्ड्सले सन् १९८८ मा युरो कपको ट्रफी उचालेको थियो। यदि त्यहाँ पराजित भएको भए लगातार चार नकआउट हारको सामना गर्ने टोलीको रूपमा नेदरल्यान्ड्स रहने थियो।

त्यसो त कोम्यानले दोस्रो पटक जिम्मेवारी सम्हालेका हुन्। दोस्रो पटकको जिम्मेवारीमा टोली छनोट तथा केही कमजोर प्रदर्शनका कारण उनको आलोचना भएको थियो। यसै युरो कपमा पनि नेदरल्यान्ड्स समूहमा तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको थियो।

एउटा अचम्मको संयोग के हो भने युरोकप २०२४ को छनोटमा पनि फ्रान्स र नेदरल्यान्ड्स एउटै समूहमा थिए। समूह बीको छनोट चरणमा फ्रान्स पहिलो तथा नेदरल्यान्ड्स दोस्रो भएका थिए।

यी दुईको खेलकै आधारमा हेर्ने हुने भने नेदरल्यान्ड्सले आफूलाई सुधार गरिरहेको छ। पहिलो लेग छनोटमा फ्रान्स ४-० ले विजयी भएको थियो। दोस्रो लेगमा फ्रान्स २-१ ले विजयी भएको थियो। जारी प्रतियोगितामा यी दुई टोली बिचको खेल गोलरहित बराबरीमा सकिएको थियो।

डच फुटबलको साख विगतको जस्तो छैन। उपाधि नजिते पनि एउटा सान विश्व फुटबलमा नेदरल्यान्ड्सको कुनै समय पक्कै थियो। सन् १९९२ मा दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड मार्को भान बास्टनले पाएका थिए। यो त्यही समय थियो, जुन समय भान बास्टन, फ्रान्क राइकार्ड र रुड गुलिटको उपस्थितिले डच टोली र एसी मिलानको फरक साख थियो।

१९९९ को प्याट्रिक क्लुभर्ट र डेनिस बर्गक्याम्प लगायतको उपस्थितिले एउटा सान नभएको थियो। त्यसै टोली फेरि एक पटक विश्वकप सेमिफाइनलमा प्रवेश गरेको थियो।

सन् १९९८ मा ब्राजिलसँग नेदरल्यान्ड्सले हारको सामना गरेको थियो। त्यसपछि युरो २००० मा पनि सेमिफाइनलमा इटालीसँग पराजित भएको थियो। लगातारको एक पक्षीय दबाब, पेनाल्टी मिस तथा बारमा लागेर बारम्बार बल फर्कनुको पीडा सो खेलमा नेदरल्यान्ड्सले सहेको थियो।

फेरि एक पटक सन् २०१० मा विश्व फुटबलमा उपाधिको नजिक रहेको नेदरल्यान्ड्स फाइनलमा अतिरिक्त समयमा स्पेनसँग पराजित भएको थियो।

सन् २०१४ को विश्वकपको सेमिफाइनल प्रवेश गरेको नेदरल्यान्ड्स फेरि अर्जेन्टिनासँग टाई ब्रेकरमा पराजित भएको थियो। सन् २०२२ को विश्वकपको क्वाटरफाइनलमा पनि पटक नेदरल्यान्ड्स अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो। नेदरल्यान्ड्स यस्तो टोली हो, जुन सबै भन्दा धेरै पटक टाइब्रेकरमा पराजित भएर विश्वकपबाट बाहिरिएको छ।

लाखौँ सदस्य रहेको नेदरल्यान्ड्समा सन् २०२२ को विश्वकपपछि फुटबलको साख घटेको छ। एउटा निराशा थपेको छ। छनोट चरण र जारी युरो कपको पहिलो चरणमा नेदरल्यान्ड्स जमेको थिएन। विगतको नेदरल्यान्ड्स फेरि दोस्रो चरणको खेलबाट जागेको छ। ३६ वर्ष पछि फेरि एक पटक उपाधि जिते त्यो कोम्यानका लागि मात्र होइन संसारमा रहेका डच करोडौँ डच टोली समर्थकका लागि समेत खुसीको कुरा हुने छ।


स्रोत : स्वाज्का, फक्स, युइएफए, फोरफोर टु

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : १६ बजे

सकारलाई समर्थन फिर्ताको जानकारी संसद्‍मा, एमाले प्रतिपक्षमा बस्ने

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता

झापा चितवनबाट अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं– झापाको बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : नेता कोइराला

चितवन– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीतिक स्थायित्वका लागि

आमाको हत्या आरोपमा छोरा पक्राउ

तेह्रथुम– आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी

‘नव्य नाचघर’ मा नाटक ‘प्रेमारम्भ’ मञ्‍चन (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा नयाँ ‘नव्य नाचघर’ सञ्चालनमा आएको छ । यसअघि