रास्वपा केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमा छलफल हुने « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमा छलफल हुने


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यलय, चःमति, वनस्थलीमा बस्नेछ ।

आजको बैठकमा पार्टी महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

ढकालले समीक्षा प्रतिवेदन बुझाउने क्रममा पार्टीले आफूले उठाएका विषयवस्तुलाई गम्भीर रूपले नलिए ८४ मा एक दुई सिट पनि जित्न नसक्ने र विवेकशीलको हालतमा पुग्ने बताएका थिए।

आजको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्न महामन्त्री ढकालले सभापति लामिछानेसँग प्रस्ताव गरेको थिए ।

यस्तै, बैठकमा मुलुकमा एक्कासि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।

यसअघि हिजो बसेको पदाधिकारी बैठकले कांग्रेस–एमालेको नयाँ समीकरण तथा सोही समीकरणमा बन्ने सरकारमा पनि सहभागी नहुने निर्णय गरिसकेको छ ।

रास्वपाले नयाँ सरकार गठनको प्रक्रिया सुरु नहुँदासम्म सरकारमै रहने र प्रक्रिया सुरु हुनासाथ सरकार छाड्ने जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका ४ मन्त्री छन् ।

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ४ : ५६ बजे

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको