कोपा अमेरिका : कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा « Khabarhub

कोपा अमेरिका : कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा पुगेका छन् । पुगेका छन् ।

आज बिहान सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा कोलम्बिया र ब्राजिलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेसँगै दुवै टोली क्वार्टरफाइनलमा पुगेका हुन् ।

ब्राजिलका राफिन्हो र कोलम्बियाका डानियल मुन्जोले एक–एक गोल गरेका थिए । खेलको १२औँ मिनेटमा ब्राजिलका राफिन्होले सुरुवाती गोल गर्दा कोलम्बियाका मुन्जोले ४५औँ मिनेटमा गोल फर्काएका थिए ।

यो बराबरीसँगै समूह ‘डी’ मा कोलम्बिया ७ अंकसहित शीर्षस्थानमा रहेर तथा ५ अंकसहित दोस्रो स्थानमा रहँदै ब्राजिल क्वार्टर फाइनलमा पुगेको हो ।

समूह ‘डी’ का कोस्टारिका र पाराग्वे समूहचरणबाटै बाहिरिएका छन् ।

अब क्वार्टरफाइलनमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले पानामाको सामना गर्नेछ ।

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : ४६ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक