गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ ? : विश्वप्रकाश « Khabarhub

गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ ? : विश्वप्रकाश


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सत्ता गठबनधनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह–पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताएका छन् ।

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अब बन्ने सरकार भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा बलियो ढंगले अघि बढ्नु पर्ने बताए।

‘कुनै पनि फाइलहरुमा कुनै आग्रह, पूर्वाग्रह कसैका बारेमा राख्नुहुँदैन । भ्रष्टाचारलाई नियन्त्रण गर्ने सन्दर्भमा सबैभन्दा पहिला कानुन बनाउने कांग्रेस हो,’ महामन्त्री शर्माले भने, ‘अहिले बन्दै गरेको गठबन्धनले पनि भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा बलियो ढंगले कार्य गर्नुपर्छ ।’

शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्न थालेपछि सत्ता समीकरण परिवर्तन भएको भनेर दिएको अभिव्यक्तिको खण्डन गरे ।

गृहमन्त्री लामिछानेले मंगलबारमात्रै भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरिएको आरोप लगाएका थिए ।

‘अब साथीहरुलाई के लाग्ला भने भ्रष्टाचारको फाइल खोल्दै थियौँ, त्यसकारण सरकारबाट हटाइयो । अहिले पनि हुनुहुन्छ त गृहमन्त्री,’ उनले भने, ‘आज साँझसम्म गृहमन्त्री हुनुहोला, प्रधानमन्त्रीले राजीनामा दिनुभएमा । नदिनुभएमा एक महिना हुनुहोला ।’

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १२ : ३५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार