रास्वपा सुधार्न मुकुलको योजना : सबै केन्द्रीय सदस्यहरू दुई साता गुप्तवास बसौँ | Khabarhub Khabarhub

रास्वपा सुधार्न मुकुलको योजना : सबै केन्द्रीय सदस्यहरू दुई साता गुप्तवास बसौँ


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुलुक ढकालले पार्टी सुधार्ने आफ्ना उपाय सार्वजनिक गरेका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकमा लिखित प्रस्ताव पेश गर्ने अनुमति नपाएका उनले व्यक्तिगत रुपमा आफ्नो खाका ल्याएका हुन् ।

सभापति रवि लामिछानेले प्रस्ताव पेस गर्ने अनुमति नदिएपछि उनले मुखमा टेप बाँधेका छन् ।

प्रस्तावमा ढकालले लामिछानेसँग माफी माग्नेदेखि आफ्नो बिहेको कुरा पनि लेखेका छन् ।

‘गल्फ्रेन्डको कुरा, मेरो जीवनकैबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहे नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्’, उनले भने, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । आफ्नो इच्छाले गर भन्छ भने पनि ठीक छ । तर निर्णय गरिदेओस् ।’

गत वैशाख १० गते इलाम २ को उपनिर्वाचनमा जमानत जफत हुने गरी भएको हारपछि सभापति लामिछानेले समीक्षा यात्राका लागि ढकाललाई देश यात्रामा पठाएका थिए ।

३३ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन ढकालले पार्टी सभापति लामिछानेलाई बुझाइसकेका छन् । उनले प्रतिवेदनमा रास्वपा पहिले जस्तो नरहेको, जनमत घटेको, अहिलेकै अवस्थामा चुनाव भए राष्ट्रिय दल नहुने र विस्तारै विवेकशील साझा-२ हुने दाबी गरेका छन् ।

सुनाए यस्तो योजना ?

उनले आफ्नो प्रतिवेदनमा अबको १०० दिन के गर्ने भनेर योजना पनि राखेका छन् । जसमा उनले अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’ बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउन अपील गरेका छन् ।

उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्नका लागि गर्नुपर्ने योजना पनि सुनाएका छन् ।

ढकालले अबको २ हप्ता तयारी गरेर सभापति र उपसभापतिबाहेकका केन्द्रीय समिति सदस्यहरू कम्तीमा २ हप्ता गुप्तबास जानुपर्ने बताएका छन् ।

उनले गुप्तबासका क्रममा महामन्त्रीका रुपमा राय राखे पनि मत नराख्ने बताएका छन् । बरु यसमा निर्णय अरुले दिए हुने पनि उनले बताएका छन् ।

उनले अब पार्टीलाई कसरी अघि बढाउने भनेर कयौँ प्रश्न पनि गरेका छन् । ‘पार्टीको विधान कस्तो बनाउने ? पार्टीको विधानको पालना कसले गराउने ? पार्टीको विधान पालना नभए के गर्ने ? पार्टीको संगठान्तमक ढाँचा कस्तो हुने ? पार्टीको तर्फबाट हुने निर्वाचनका लागि उम्मेदवार छनोट कसरी गर्ने ?’, उनले अनेक प्रश्न गरेका छन् ।

ढकालले अब पार्टीलाई महाधिवेशनको बाटोमा लानुपर्ने पनि बताएका छन् । ‘पार्टीको अबको कार्यदिशा कसरी निर्धारण गर्ने ? के हो ? महाधिवेशनको बाटो तय गरौँ’, उनले भनेका छन्, ‘पार्टीको नेताको आचरण कस्तो हुने ? के बाध्यकारी, के गरे राम्रो ? पार्टीका नेताले मिडियामा के बोल्न पाइन्छ, के पाइँदैन ? पार्टीका नेताको कार्यसम्पादन मूल्यांकन कसरी गर्ने ? पार्टीमा अनशासन कसरी कायम गर्ने ? पार्टीको आर्थिक व्यवस्थापन कसरी निर्धारण गर्ने ?

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : ०६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग