‘केन्द्रीय सदस्यहरूले नमानेपछि रोकियो रास्वपाको प्रत्यक्ष प्रसारण’ « Khabarhub

‘केन्द्रीय सदस्यहरूले नमानेपछि रोकियो रास्वपाको प्रत्यक्ष प्रसारण’


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकालको प्रस्ताव शतप्रतिशत केन्द्रीय सदस्यहरूबाट अस्वीकार भएपछि केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण रोकिएको प्रष्टीकरण दिएको छ ।

खानपिनका लागि बैठक केही समय स्थगित गरिएपछि रास्वपाले सभापति रवि लामिछाने सहमत हुँदाहुँदै पनि शतप्रतिशत केन्द्रीय सदस्यहरूको असहमतिका कारण बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने महामन्त्री ढकालको प्रस्ताव अस्वीकृत भएको जनाएको हो ।

‘महामन्त्रीज्यूले प्रतिवेदन लाइभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो । सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो,’ सहप्रवक्ता मनिष झाले भने ।

झाका अनुसार प्रस्ताव अस्वीकृत भएपछि महामन्त्री ढकालले मुखमा मास्कमाथि कालो टेप लगाएर विरोध जनाएका हुन् ।

‘लाइभ नगर्ने भनिएपछि विरोधस्वरूप उहाँ (महामन्त्री) ले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो,’ उनले भने ।

महामन्त्री ढकालले मुखमा मास्कमाथि कालोटेप लगाएर बसेपछि उनको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको झाको भनाइ छ । खाना खानका लागि स्थगित भएको बैठक सुरु भएपछि ईच्छाअनुसार सबैले आ–आफ्नो धारणा राख्ने उनले बताए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : १५ बजे

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट