गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण « Khabarhub

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व स्वास्थ्य संग्ठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् ।

सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि टेन्टमा बस्न थालेको निकै महिना भइसक्यो । उनलाई दिनमा पनि रातमा पनि सुत्नलाई समस्या भइरहेको छ तर द्वन्द्वरत गाजाको ‘टेन्ट शहर’ मा एलवान र उनका सात बच्चाहरू आश्रय लिइरहेका छन् र उनीहरू सुत्न नसक्नुको कारण युद्धको बन्दुक होइन ।

बालकको पैताला र खुट्टाको माथिल्लो भागमा सेतो र रातो धब्बाहरू छन् । उसको टी–शर्ट मुनि यस्ता धेरै धब्बा छन् । उनी छालाको सङ्क्रमण, ठेउला, लुतो, घमौरा, जुकालगायत अन्य दुर्बल समस्याबाट पिडित धेरै गाजावासीहरूमध्ये एक हुन् ।

‘हामी भुइँमा सुत्छौ, बालुवामा सुत्छौँ, जहाँ कीराहरू बाहिर निस्कन्छन्,’ एलवानले भने । उनको परिवार मध्य गाजा शहर देइर अल–बलाहको नजिक समुद्रको नजिक बलौटे टुक्रामा बस्ने हजारौँ विस्थापितमध्ये एक हो ।

एलवानको विचारमा सङ्क्रमण अवश्यम्भावी छ । उनले भने, ‘हामी आफ्ना छोराछोरीलाई पहिलाजस्तो नुहाउन सक्दैनौँ । त्यहाँ हात, खुट्टा र शरीर धुन र सफा गर्नको लागि चाहिने कुनै उत्पादनहरू छैनन् । यहाँ केही पनि छैन ।’

आमाबाबुले आफ्ना छोराछोरीलाई भूमध्यसागरमा नुहाउन भन्थे । तर युद्धले आधारभूत सुविधाहरू ध्वस्त पार्दा उत्पन्न भएको प्रदूषणले रोगको जोखिम बढाएपछि समुद्रमा नुहाउने सम्भावना पनि छैन । सबै फोहोर र प्रदूषित बनेको छ ।

‘समुद्र सबै ढल हो । उनीहरूले फोहोर र बच्चाको दिसा सफा गरेका टालाहरू पनि समुद्रमा फ्याँक्छन्,’ उनले भने । 

विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा युद्ध सुरु भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका नौ हजार २७४, छालामा विविध कारण भएका घाउ र त्यसमा भएका सङ्क्रमणको भयावह अवस्थासम्बन्धी ६० हजार १३० र ‘इम्पेटिगो’ का १० हजार ३८ घटना भेटिएका छन् ।

देइर अल–बलाह शिविरमा अस्थायी क्लिनिक सञ्चालन गर्ने फार्मासिस्ट सामी हमिदका अनुसार विशेष गरी तटीय प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको माहामारी नै छ । 

क्लिनिकमा दुई जना केटाहरूले आफ्नो हात, खुट्टा, ढाड र पेटमा दर्जनौं ठेउलाका दाग र फोकाहरू र लुतो र यसले बनाएका घाउहरू देखाए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार