उत्तरप्रदेशमा ‘भोलेबाबा’को प्रवचनमा भागदौड हुँदा मर्नेको संख्या १३४ पुग्यो « Khabarhub

उत्तरप्रदेशमा ‘भोलेबाबा’को प्रवचनमा भागदौड हुँदा मर्नेको संख्या १३४ पुग्यो


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको संख्या १३४ पुगेको छ ।

हाथरस जिल्लाको फुलराई गाउँमा ‘भोलेबाबा’को प्रवचन कार्यक्रम चलिरहेका बेला भागदौड मच्चिँदा मर्नेको संख्या १३४ पुगेको हो । यद्यपि प्रशासनले भने १२१ जनाको नाम सार्वजनिक गरेको छ ।

प्रवचन सकिएपछि कार्यक्रममा सहभागीबीच अचानक भागदौड सुरु भएको थियो । भागदौडका क्रममा सयौँ सहभागी भीषण गर्मीले बेहोस भएका थिए ।

बुधबार बिहान ११ बजे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्‍यनाथ घटनास्थल पुगेका छन् । उनले त्यहाँ घाइतेहरूसँग संवाद गरेका छन् ।

यस प्रकरणमा उत्तर प्रदेश पुलिसले बुधबार हाथरसमा भएको भागदौड मामिलामा जाहेरी दर्ता गरेको छ । यो केस सत्संगका आयोजकविरुद्ध जाहेरी दर्ता गरेका छन् ।

तर जसको नाममा सत्संग आयोजना गरिएको हो उनीविरुद्ध जाहेरी परेको छैन । नारायण साकार उर्फ भोले बाबाविरुद्ध जाहेरी नपरेको हो ।

जाहेरीमा मुख्य सेवादार देवप्रकाश मधुकर र अन्य आयोजकको नाम किटान गरिएको छ ।

सत्संगका लागि आयोजकले अनुमति माग्दे प्रशासनलाई करिब ८० हजार सहभागी हुने जनाएको थियो । तर यहाँ पुग्ने मानिसको संख्या यसको भन्दा कयौँ धेरै थियो ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : १५ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६