इटहरी उपमहानगरको 'उज्यालो इटहरी'अभियान सुरु  | Khabarhub Khabarhub

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु 


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’अभियान सुरु गरेको छ। अभियान अन्तरगत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरूसँगै प्रत्येक पोलमा बत्ती जडान कार्य थालेको छ। 

इटहरी वडा नं. १ को  बजार तथा चोकहरुमा सडकबत्ती जडान गरि अभियान सुरु गरिएको हो ।  सबै वडालाई उज्यालो बनाउने अभियान अन्तरगत २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ती बाल्ने अभियान सुरु गरेको हो । 

इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए।

 ‘उज्यालो इटहरी ’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरूमा मात्र नभई घोडाहरूको प्रत्येक खाली पोलहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ।’

नगर प्रमुख पौडेलले उज्यालो इटहरी कार्यक्रमलाई निरन्तरता दिने समेत बताएका छन्। उप महानगरपालिकाद्वारा जडान गरिएका सडकबत्ती रात पर्दा आफैं बल्ने र उज्यालो हुँदा आफैं बन्द हुने प्रविधिका छन । 

विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी पनि खुशी भएका छन्  । इटहरीको जंङगल आसपास हात्ती आतंक र शहरमा चोरी बढ्दै गएको भन्दै अहिले सुरक्षाको हिसाबले पनि पोलै पिच्छे बत्ती जडानको काम हुँदै छ विद्युत् शाखाका प्रमुख उमेश चौधरीले भने । 

निरन्तर वडाहरूमा जडानको काम भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : ३७ बजे

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा