एमालेले प्रचण्डलाई दिएको अल्टिमेटम सकिँदै, मन्त्रीहरू बालकोटको निर्देशन कुर्दै « Khabarhub

एमालेले प्रचण्डलाई दिएको अल्टिमेटम सकिँदै, मन्त्रीहरू बालकोटको निर्देशन कुर्दै


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन भनेको थियो ।

तर, प्रचण्डले राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनासम्म कुर्ने अडान लिएका छन् । यदि प्रचण्डले राजीनामा नदिई अडानमा बसिरहे एमालेले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिने भएको छ।

एकजना मन्त्रीका अनुसार प्रचण्डको रणनीति बुझेर सकेसम्म बुधबार नै सबै ८ जना मन्त्री फिर्ताको तयारी भएको छ ।

‘प्रधानमन्त्री प्रचण्डले केही दिनमै संसद्‍मा सम्बोधन गरेर राजीनामा दिने कुरा आएको छ’, एकजना मन्त्रीले खबरहबलाई भने, ‘यदि प्रचण्डले केही दिनमै बहिर्गमनको निर्णय लिने अवस्थामा आएमा त्यहीअनुसार रणनीति बन्छ । यदि राजीनामा दिन तयार नभएमा सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी भएको छ ।’

अहिले एमालेका मन्त्रीहरू बालकोटको निर्देशन कुरेर बसेका छन् । ‘अहिलेसम्म बालकोटबाट केही कुरा आएको छैन । तर हामी सरकार छाड्ने गरी निर्देशन कुरेर बसेका छौँ’, ती मन्त्रीले भने, ‘पार्टी नेतृत्वको निर्देशन कुरिरहेकाले अहिले केही भन्न सकिँदैन, निर्देशन आए तत्कालै सिंहदरबारबाट बाहिरिने गरी तयारी अवस्थमा छौँ ।’

यही सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको छ । एमाले-कांग्रेस सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने गरी सहमति जुटिसकेको छ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ४ : ४३ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब