अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने « Khabarhub

अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मंगलबार बताएका छन् । 

‘राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्यांक हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,’ अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताएका हुन् । 

यस वर्षको सुरुमा युक्रेनमा लगभग ६१ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गर्ने कानुन काङ्ग्रेसले पारित गरेदेखि अमेरिकाले युक्रेनका लागि नियमित प्याकेजहरू घोषणा गर्दै आएको सिएनएनले जनाएको छ । 

अमेरिकाले हालै युक्रेनलाई हवाई रक्षा क्षमता प्राप्त गर्ने सूचीमा अन्य देशभन्दा शीर्ष स्थानमा राखेको छ ।  

‘यदि हाम्रा कुनै पनि साझेदार युक्रेनको अहिले जस्तो अवस्थामा थिए भने हामी उनीहरूलाई मद्दत गर्न हरसम्भव प्रयास गर्ने थियौ । अहिले युक्रेनलाई मद्दतको खाँचो छ,’ ह्वाइट हाउसका एक अधिकारीले भने । 

यो घोषणा अमेरिका र युक्रेनले दीर्घकालीन द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको केही हप्तापछि आएको हो जसमा अमेरिकाले युक्रेनको सशस्त्र सेनालाई १० वर्षको प्रशिक्षण दिने, सैन्य सहयोग प्रदान गर्ने र गुप्तचर साझेदारी बढाउने प्रतिबद्धता जनाएको छ । 

अस्टिनले अमेरिकाले ‘युक्रेनका लागि नेटो सदस्यता प्राप्तिका लागि पुल निर्माण गर्न सहयोग गर्ने’ पनि बताए। 

घोषणापछि उमेरोभले अस्टिनलाई उहाँको समर्थनका लागि धन्यवाद दिए। साथै युक्रेन भविष्यको नेटो सदस्य बन्ने सम्भावनाबारे छलफल गर्न इच्छुक रहेको बताए। 

‘आशा छ, युक्रेनले चाँडै नै यसको निमन्त्रण प्राप्त गर्नेछ,’ नेटोबारे रक्षामन्त्री उमेरोभले भने।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : १३ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका