नयाँ गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय | Khabarhub Khabarhub

नयाँ गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफल बारे बैठकमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।

कांग्रेस सभापति देउवाले गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको अध्यक्ष ठाकुरले बैठकमा ब्रिफिङ गरेका थिए । 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : २३ बजे

आज यी स्थानमा हुनेछ ठूलो वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कपको अभ्यासमा महिला क्रिकेट टिम : पहिलो प्रतिस्पर्धा यूएईसँग

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली

आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै

काठमाडौँ– सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार