‘हिरूलाल’को प्रिमियरमा झापाली प्रस्तोता र जुम्ली नेताबीच छेडखानी « Khabarhub

‘हिरूलाल’को प्रिमियरमा झापाली प्रस्तोता र जुम्ली नेताबीच छेडखानी


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्युजिकल फिल्म ‘हिरूलाल’को प्रिमियर कार्यक्रम पत्रकार टीकाराम यात्री र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद्‌ ज्ञानेन्द्र शाहीबीच घोचपेच चल्यो ।

बानेश्वरमा एक हलमा भएको सो कार्यक्रमका सहजकर्ता थिए– कार्यक्रम प्रस्तोता टीकाराम यात्री । उनी झापाका हुन् । ‘हिरूलाल’ कर्णाली क्षेत्रको दुखान्तमा आधारित सामग्री भएकाले सोही क्षेत्रको जिल्ला जुम्लाका सांसद्‌ ज्ञानेन्द्र शाही अथितिका रूपमा आमन्त्रित थिए ।

सांसद शाहीलाई अथितिका रूपमा परिचित गराउँदै यात्रीले उनको बौद्धिकतामाथि व्यङ्ग्य गरे । उनको व्यङ्ग्यमा दुर्गम कर्णालीको समस्या संसद्मा पुर्‍याएकोमा प्रशंसा पनि थियो ।

यात्रीले भने, ‘विवेकभन्दा आवेग, ज्ञानभन्दा उत्तेजना नै सही मानी कर्णालीको समस्या संसद्‌मा पुर्‍याउने सांसद्‌ ज्ञानेन्द्र शाही पनि उपस्थित हुनुहुन्छ ।’

त्यसपछि यात्रीले पुनः ती हरफ दोहोर्‍याउँदै शाहीलाई सन्तुलित ढंगले उपस्थितमाझ परिचय गराएको दाबी गरे । यात्रीले चतुर ढंगले आफूलाई व्यङ्ग्य गरेको थाहा पाएर शाहीले जवाफ फर्काए, ‘झापाली न पर्नु भयो !’

उपस्थितिहरू खिस्स हाँसे । प्रस्तोता यात्रीले कुरा अन्तै मोडे । शाहीको छेउमै गायिका रचना रिमाल बसेकी थिइन् । यात्रीले उनी पनि कार्यक्रममा उपस्थित भएको जानकारी गराए ।

यात्रीले भने, ‘झापाली कुरा आइहाल्यो । सबैभन्दा सोझो झापाली भनेर उहाँलाई चिनिने गरेको छ है !’

देशको सुदूरपूर्वी जिल्ला झापा जन्मघर भएकाहरू शिक्षामा पहुँच र राजनीतिक प्रभावका कारण चतुर हुन्छन् भन्ने भाष्य छ । तर, झापाली भए पनि रचना ‘निर्दोषपना’कै कारण सामाजिक सञ्जालमा ‘मिम’ बनिरहेकी हुन्छिन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : ५६ बजे

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम